आइटिएफमा बागमती र आर्मीलाई स्वर्ण « Khabarhub

आइटिएफमा बागमती र आर्मीलाई स्वर्ण


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

बागलुङ– नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत यहाँ जारी आईटीएफ तेक्वान्दोको आइतबार भएको खेलमा बागमती प्रदेश र विभागीय टिम नेपाल आर्मीले स्वर्ण पदक जितेको छ । कालो पेटीतर्फ बाग्मती प्रदेशका सचिना सुनुवारले स्वर्ण र नेपाल आर्मीका हिमा खड्काले रजत पदक हासिल गरेकी हुन् । यस्तै रातो पेटीतर्फ नेपाल आर्मीका निकिता धिमालले स्वर्ण र सशस्त्र प्रहरी बलका अप्सना तामाङले रजत पदक हात पारेको नेपाल आइटिएफका महासचिव अञ्जु रावतले जानकारी दिइन् ।

यसअघि शनिबार भएका चार खेलमा नेपाल आर्मीले तीन र गण्डकी प्रदेशले एक स्वर्ण जितेको थियो । नीलो पेटीतर्फ नेपाली सेनाका धनसिंह परियार, कालो पेटी पहिलो डानमा सेनाकै भीमबहादुर तामाङ र नीलो पेटी महिलामा सुस्तीमा श्रेष्ठले स्वर्ण पदक जितेकी हुन् । रोतो पटीतर्फ गण्डकी प्रदेशका भीमबहादुर गाहाले स्वर्ण पदक र लुम्बिनी प्रदेशका सन्देश सुनारले रजत पदक हासिल गरेका छन् ।

नीलो पेटीमा प्याट्रनतर्फ लुम्बिनीका सफल परियारले रजत, कालो पेटीमा गण्डकी प्रदेशका प्रविण बुढाले रजत र नीलो पेटी महिलामा गण्डकीकै मोनिका कुँवरले रजत पदक जितेकी हुन् । प्रतियोगिताको पहिलो चरणमा एकल प्याट्रनमा प्रतिस्पर्धा भइरहेको छ । 

शनिबारदेखि सुरु भएको आइटिएफमा एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन र टिम प्याट्रनका खेल हुनेछन् । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडी सहभागी छन् । आइटिएफ तेक्वान्दोमा ४५ स्वर्ण, ४५ रजत र ३० कास्य पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ३ : १२ बजे

लिपुलेक बारे भारतको प्रतिक्रिया- कैलाश यात्राका लागि यो ऐतिहासिक मार्ग हो

नयाँ दिल्ली– भारतले लिपुलेक पास कैलाश मानसरोवर यात्राका लागि ऐतिहासिक

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९सोमबार०का लागि विदेशी मुद्राको

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ –  आज २०८३ साल वैशाख २१ गते सोमबार। जेठ

आज २०८३ साल वैशाख २१ गते सोमबारको राशिफल  

काठमाडौँ –  आज २०८३ साल वैशाख २१ गते सोमबार। जेठ

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता