छठ पर्वमा पूजा गर्न नहर सफाइ अभियान « Khabarhub

छठ पर्वमा पूजा गर्न नहर सफाइ अभियान


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– छठ’ पर्वमा घाट बनाएर पूजापाठ गर्न विराटनगर महानगरपालिकाले नगर क्षेत्रको नहरलाई सफाइ अभियान सञ्चालन गरेको छ । दुर्गन्ध एवं फोहररहित बनाउने उद्देश्यले विराटनगर महानगरपालिकाले नहरको सफाइ गरिरहेको र यसबाट भक्तालुलाई पूजापाठ गर्न सहज हुने बताइएको छ । विराटनगरमा जलाधार क्षेत्र सिङ्घिया नदी, केशल्या नदी तथा नहरमा वर्षेनी ‘छठ’ पर्वमा हजारौँ भक्तजनले आकर्षक घाट बनाएर पूजापाठ गर्दै आएका छन् ।

सुनसरी–मोरङ सिँचाइ आयोजनाको सहकार्यमा महानगरले नहरको सफाइ सुरु गरेको हो । महानगर क्षेत्रभित्रका सबै नहर सफा गरिने विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले जानकारी दिए । बिहान ६ बजेदेखि नै सफाइ सुरु हुने गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । एउटा जेसिवीले खार्जीदेखि जामुनगाछीसम्म र अर्को जेसिवीले जामुनगाछीदेखि रानीसम्म सफा गर्नेछ । 

छठ पर्वमा भक्तजनले नहरमा मण्डप बनाएर पूजा गर्ने गर्छन । सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरले विराटनगरको वडा नं ४, ५, ६, ११, १२, १६ लगायतका वडा समेटेको छ। 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ३ : ३२ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको