जाडोमा यस्ता छन् अदुवा हालेको चिया खानुका फाइदा | Khabarhub Khabarhub

जाडोमा यस्ता छन् अदुवा हालेको चिया खानुका फाइदा


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अदुवा स्वास्थ्यका लागि लाभदायक मानिन्छ । अदुवामा धेरै किसिमका औषधीय गुणहरु हुन्छन् ।

अदुवालाई हामीले दैनिक भान्सामा प्रयोग गर्दै आइरहेका हुन्छौं । अझ चिसोमा अदुवा हालेर चिया खादाका अनेकौँ लाभ छन् ।

चियामा अदुवा हालेर खाँदा स्वास्थ्यका लागि निकै फाइदा हुने चिकित्सकहरु बताउँछन् । चिया पिउनु हरेक मानिसको आदत नै भइसकेको अवस्थामा चियामा अदुवा हालेर खाँदा स्वादसँगै शरीरलाई धेरै फाइदा पुग्ने गर्छ । अदुवामा भिटामिन सीको मात्रा उच्च हुन्छ भने म्याग्नेसियम र अन्य खनिज पनि पाइन्छ । अदुवाको चिया बनाउँदा मह र कागती समेत मिलाउन सकिन्छ ।

यस्ता छन् अदुवा हालेको चिया पिउनुका फाइदा

कुनै पनि यात्रा शुरु गर्नु अघि अदुवा हालेको चिया पिउँदा बाटोमा हुन सक्ने वान्ता वा अन्य विमारी हुने समस्या आउँदैन । शरीरमा असजिलो महसुस भएमा अदुवा हालेको चिया खानु राम्रो हुन्छ । अदुवाले पाचन प्रणालीका क्रियाहरु सहज तुल्याउँछ । अधिक खानेकुरा सेवन गरेको समयमा पनि एक कप अदुवा भएको चिया खानु उपयुक्त मानिन्छ ।

त्यसैगरी अदुवाले तपाईको शरीरको कुनै भागमा भएका जलन वा दुखाइलाई पनि कम गर्छ । मांसपेसी र जोर्नीको दुखाइमा पनि अदुवाको सेवन लाभदायक मानिन्छ । अदुवाको चियाले श्वाप्रश्वासमा हुने समस्या कम गर्छ । चिसो लागेको समयमा एक कप अदुवा हालेको चिया खाँदा चिसो हट्ने विश्वास गरिन्छ । वातावरणीय एलर्जीबाट छुटकारा पाउन अदुवा हालेको चिया उत्तम मानिन्छ ।

यसले रक्त सञ्चारमा समेत सन्तुलन ल्याउने काम गर्छ । अदुवामा रहेको भिटामिन र खनिज एवं एमिनो एसिडका कारण रक्त सञ्चारलाई सन्तुलन गर्ने चिकित्सकहरु बताउँछन् । त्यस्तै विभिन्न रोग लाग्नबाट समेत बचाउँछ । हृदयघात देखि अन्य मुटु सम्बन्धी समस्या समेत अदुवाको चियाबाट कम गर्न सकिन्छ ।

अदुवा हालेको चियाले महिलालाई हुने महिनाबारीको समस्या समाधान गरिदिन्छ । अदुवाको चिया तल्लो पेटमा लगाउँदा पनि यसले दुखाइ कम गर्छ । अदुवा चियामा मह मिसाउन सकेमा अझ उत्तम मान्छि ।

त्यस्तै, अदुवा हालेको चियाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । अदुवाको चियामा उच्चस्तरको एन्टीअक्सीडेन्ट हुन्छ जसले रोगसँग लड्ने क्षमता बढाउँछ । अदुवाको चियाले तनावमुक्त बनाउने गर्छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ५ : ४५ बजे

तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार

धरान – तिहार सुरु भएसँगै धरानका सडकपेटी बत्तीको उज्यालो मात्र

विपिनको शवसँगै उनको घरमा इजरायली राजदूत : आज महाकाली नदीमा अन्त्येष्टि

महेन्द्रनगर – दुई वर्षअघि अध्ययनका सिलसिलामा इजरायाल जानुभएका विपिन जोशी

लक्ष्मीपूजाका दिन एक हजार १५ मेगावाट बिजुली निर्यात

काठमाडौं – तिहारलाई बत्ती, उज्यालो र फूलको पर्वका रूपमा लिइन्छ।

उज्यालो पर्वमा अँध्यारो दिनः विपिनको शव घरमा (फोटो फिचर)

शब्द र तस्बिरः प्रकाश चन्द्र तिमिल्सेना कञ्चनपुर- कोठाको एउटा कुनामा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर