शेख रसेल कप चेसमा नेपालको दोस्रो हार « Khabarhub

शेख रसेल कप चेसमा नेपालको दोस्रो हार


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनसिपमा नेपालले दोस्रो हार व्यहोरेको छ। बंगलादेशको राजधानी ढाकामा जारी च्याम्पियनशीप अन्तर्गत आइतबार भएको चौथो राउण्डको खेलमा श्रीलंकासँग ०-५, ३-५ ले हार व्यहोरेसँगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा झरेको छ।

चौथो राउण्डमा नेपालका लागि सिंगेश्वर दास मात्र अंक जोड्न सफल भए। तेस्रो बोर्डमा प्रतिस्पर्धा गरिरहेका दासले आफ्नो अपराजित यात्रा कायम गर्ने क्रममा आफूभन्दा उच्च वरियताका श्रीलंकाली खेलाडी कालुआराचि अचिन्था सामेनलाई बराबरीमा रोक्न सफल भए।

पहिलो बोर्डमा प्रतिस्पर्धा गरेका फिडेमास्टर रिजेन्द्र राजभण्डारी श्रीलंकाली इन्टरनेशनल मास्टर डि सिल्भा एलएमएसटीसँग पराजित हुन पुगे। त्यसैगरी दोस्रो बोर्डको खेलमा फिडेमास्टर विलमलाल श्रेष्ठ अर्का फिडेमास्टर रनिन्दु दिलसान लियानागेसँग हार व्यहोर्न पुगे भने चौथो बोर्डमा खेलेका राजेन्द्रप्रसाद श्रेष्ठ लिसरा समाधिथ तेनाकुनसँग पराजित भए।

चार राउण्डको समाप्तिमा आयोजक बंगलादेश ८ अंकका साथ शीर्ष स्थानमा कायम रहेको छ। त्यसैगरी श्रीलंका ६ अंकका साथ दोश्रो स्थानमा उक्लिन सफल भएको छ। समान चारचार अंक बनाएका नेपाल तथा पाकिस्तान क्रमशः तेस्रो तथा चौथो स्थानमा रहेका छन्।

राउण्ड रोविन प्रणालीमा सञ्चालन भइरहेको च्याम्पियनसिपमा सोमबार लिग चरणका खेलहरु सम्पन्न हुनेछन्। पाचौं तथा अन्तिम राउण्डमा नेपालले आयोजक बंगलादेशको सामना गर्नेछ। सुपर लिग प्रवेशका लागि नेपालको गणितीय सम्भावना कायम नै रहेको छ। च्याम्पियनशीपको फम्र्याट अनुसार पहिलो चरणको लिगबाट शीर्ष ३ मा रहन सफल टोली सुपर लिगमा प्रवेश गर्नेछन्।

सुपर लिगको विजेताले ४ हजार अमेरिकी डलर प्राप्त गर्नेछन्। त्यसैगरी उपविजेताले ३ हजार अमेरिकी डलर तथा तेस्रो हुनेले २ हजार अमेरिकी डलर प्राप्त गर्नेछन्। सुपर लिगमा प्रवेश गर्न नसके पनि समग्रमा चौथो हुने टोलीले १ हजार अमेरिकी डलर नगद प्राप्त गर्नेछन्।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ७ : २७ बजे

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको

जेसिके फाइट नाइट : चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित

काठमाडौं – नेपाली मिश्रित मार्सल आट्र्स (एमएमए) खेलाडी युकी आङदेम्बेले

सुनसरीको देवानगञ्जमा फेरि गोली चल्यो, दुई जना पक्राउ

विराटनगर – सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा गोली प्रहारबाट एक युवक