नागरिकका पक्षमा काम गर्नुपर्छ : मुख्यमन्त्री भट्ट | Khabarhub Khabarhub

नागरिकका पक्षमा काम गर्नुपर्छ : मुख्यमन्त्री भट्ट


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आपराधिक गतिविधि रोकथाम गर्दै सभ्यसमाज निर्माणमा सबैले योगदान गर्न जरुरी रहेको बताएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा आज आयोजित ६७ औँ प्रहरी दिवस कार्यक्रमका मुख्यमन्त्री भट्टले संघीय व्यवस्थाको प्राप्तिपछि बनेका नजिकका सरकारबाट जनताले छिटो र सर्वसुलभ सेवा प्रवाहको अपेक्षा राखेकाले जनइच्छा पूरा गर्नमा कमीकमजोरी हुन दिन नहुने बताए ।

उनले भने, ‘प्राप्त संघीय व्यवस्था संस्थागत भइरहँदा सबैले आफूलाई रूपान्तरण गरी आम नागरिकका पक्षमा काम गर्न जरुरी छ ।’ आन्तरिक मामिला तथा कानूनमन्त्री डा रणबहादुर रावलले समाजमा अपराध रोकथाम गरी जनतालाई शान्तिसुरक्षा प्रदान गर्नमा नेपाल प्रहरीले गरिरहेको कामको प्रशंसा गरे।

उनले प्रदेशसभाले बनाएको प्रदेश प्रहरी ऐनबमोजिम आगामी दिनमा गठन हुने नयाँ सरकारले प्रहरी समायोजनको प्रक्रिया अघि बढाउने विश्वास व्यक्त गरे । कार्यक्रममा प्रहरी निरीक्षक रणबहादुर चन्द, वकिल सिंह, नरपति भट्ट, प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर चन्द, प्रहरी वरिष्ठ हवल्दार दिनेश नाथ, प्रहरी सहायक हवल्दार मीना रोकाया र प्रहरी जवान गीताकुमारी विष्टलाई उत्कृष्ट काम गरेबापत पुरस्कृत गरिएको थियो ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मोहनकुमार आचार्यले समाजमा शान्ति सुव्यवस्था र अमनचयन गर्नमा प्रहरी सङ्गठन प्रतिबद्ध रहेको बताए । कार्यक्रममा सहभागीले अमर प्रहरी स्मारकमा पुष्पार्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए । 

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  २ : १६ बजे

वडाध्यक्षको गुनासो- बालेन्द्रमा बालापन देखियो

काठमाडौं- स्वतन्त्ररुपमा निर्वाचित काठमाडौं महानगर पालिकाका प्रमुख बालेन्द्र शाह र

परराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ उपविदेशमन्त्री वेइडोङबीच भेट

काठमाडौं– परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठसँग नेपाल भ्रमणमा रहेका मित्रराष्ट्र चीनका उपविदेशमन्त्री

मुख्यमन्त्री केजरीवाललाई सीबीआईले अदालतबाटै पक्रियो 

काठमाडौं– भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले दिल्लीका मुख्यमन्त्री अरविन्द

क्रिकेटर अनिल साहलाई कलैयामा एक लाखसहित सम्मान

बारा– नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी अनिल साहलाई गृह नगर

सिंहदरबारले गाउँमा विकास होइन, भ्रष्टाचार पठायो : प्रेम सुवाल (अन्तर्वार्ता)

संघीयता कार्यान्वयनमा आइसकेपछि देखिएका आर्थिक, सामाजिक, राजनीतिक, प्रशासनिक तमासाहरू, निराशापूर्ण