नवौँ राष्ट्रिय खेलकुद : सेना ८६ पदकसहित शीर्ष स्थानमा | Khabarhub Khabarhub

नवौँ राष्ट्रिय खेलकुद : सेना ८६ पदकसहित शीर्ष स्थानमा


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कास्की– गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टोलीको दबदबा देखिएको छ । हालसम्म छिनोफानो भएका खेलका पदकमा विभागीय टोली नेपाली सेना शीर्ष स्थानमा छ । सेनाले सुरुआतदेखि नै आफ्नो अग्रता बनाएकामा पछिल्लो समय यसलाई फराकिलो बनाउँदै लगेको छ । 

पदक तालिकाको द्वितीय र तृतीय स्थानमा पनि विभागीय टोली अगाडि आएका छन् । प्रदेशले विभागीय टोलीलाई पछ्याइरहेका छन् । सोमबार दिउँसोसम्म ८७ स्वर्णपदकको छिनोफानो हुँदा सेनाले ३८ स्वर्णसहित अग्रता बनाएको हो । सेनाले २७ रजत र २१ कास्यसहित ८६ पदक जितेको छ ।

यसैगरी विभागीय सशस्त्र प्रहरी बलको एपिएफ क्लब १२ स्वर्ण, १६ रजत र २२ कास्यसहित ५० पदक जितेर सेनालाई पछ्याइरहेको छ । विभागीय टोली नेपाल पुलिस क्लबले ११ स्वर्ण, सात रजत र १७ कास्यपदकसहित ३५ पदक जितेर तृतीय स्थानमा रहेको छ । बागमती प्रदेश पदक तालिकाको चौथो स्थानमा छ । बागमती प्रदेशले १० स्वर्ण, १६ रजत र १० कास्यसहित ३६ पदक जितेको छ ।

आयोजक गण्डकी प्रदेशले हालसम्म आठ स्वर्ण, पाँच रजत र १५ कास्य गरी २८ पदक हात पारेको छ । गैरआवासीय नेपाल सङ्घ (एनआरएनए) ले चार स्वर्ण, तीन रजत र चार कास्यसहित ११ पदक जितेको छ । यसैगरी मधेस प्रदेशले दुई स्वर्ण, दुई रजत र चार कास्यसहित आठ पदक ल्याउँदा प्रदेश नं १ ले एक स्वर्ण, चार रजत र १३ कास्यसहित १८ पदक जितेका छन् । सुदूरपश्चिम प्रदेशले एक स्वर्ण, एक रजत र आठ कास्यसहित १० पदक जित्दा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशले हालसम्म स्वर्णपदक ल्याउन सकेका छैनन् । 

लुम्बिनीले छ रजत र चार कास्यसहित १० पदक ल्याउँदा कर्णाली प्रदेशले एक कास्यपदक मात्र जितेर पदक तालिकाको पुछारमा छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत यही असोज २८ देखी प्रतियोगिताका ३६ वटा खेल भइरहेका छन् । राष्ट्रिय खेलकुद आगामी कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ । 

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  २ : २० बजे

एमाले–कांग्रेस मिलेपछि देश अस्थिरताबाट मुक्त भयो : महासचिव पोखरेल

देउखुरी– नेपाल कम्यनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले कांग्रेस–एमालेको

संसदमा विपक्षीलाई कमजोर पार्न षड्यन्त्र रचिँदैछ : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विपक्षीलाई

नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति

काठमाडौं– नागढुंगा-नौविसे(मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति भएको

कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’

दाङ– लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट

श्रीलंकामा राष्ट्रपतिका लागि मतदान सुरु

एजेन्सी– श्रीलंकाले आर्थिक संकट माथिको सावधानीपूर्ण अवतरणपछि श्रीलंकामा अन्तर्राष्ट्रिय मुद्रा