स्टिपलचेजमा कर्णालीका दुर्गालाई स्वर्ण पदक | Khabarhub Khabarhub

स्टिपलचेजमा कर्णालीका दुर्गालाई स्वर्ण पदक


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको स्टिपलचेजमा कर्णाली प्रदेशका दुर्गा बहादुर बुढाले स्वर्ण पदक जितेका छन् । 

सोमबार बिहान पोखरा रंगशालाको ट्रयाकमा भएको खेलमा निर्धारित दूरी ८ मिनेट ५५.१९ सेकेन्डमा पूरा गर्दै कर्णालीका लागि पहिलो स्वर्ण पदक जिते ।

यस्तै, एपिएफ क्लबका अजित यादवले ९ मिनेट २१.१० सेकेन्डसहित रजत पदक जिते । निर्धारित दूरी पार गर्न त्रिभुवन आर्मी क्लबका सुवास कार्कीले ९ मिनेट २२.१५ सेकेन्ड लगाएर कास्य जिते ।

भारतीय सेनामा आवद्ध दुर्गाले यसअघि भारतको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय एरिनामा उत्रिएको भन्दै तीन विभागीय टिम र गण्डकी प्रदेशले उनीविरुद्ध प्रोटेस्ट पनि हालेका थिए ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ३ : २९ बजे

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन

नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

गलकोट– विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ