नेप्से सूचकसँगै कारोबार रकममा पनि गिरावट | Khabarhub Khabarhub

नेप्से सूचकसँगै कारोबार रकममा पनि गिरावट


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेयर बजार सोमबार सुस्त बनेको छ । यस दिन सूचकसँगै दैनिक कारोबार रकम पनि घटेको छ । सोमबार नेप्से सूचक २.६१ अंकले घटेर १८५८.३३ विन्दुमा बन्द भएको छ । ५१ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सोमबार २१९ कम्पनीको १६ लाख ३१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । सूचीकृत आधा समूहको सूचक घटेको छ भने आधाको बढेको छ । होटल समूह ०.४१ प्रतिशत बढेको छ । बैंकिङ समूहको सूचकमा सोमबार पनि सुधार भएको छ । 

दुई करोड ७९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नबिल बैंक अग्रस्थानमा रहेको छ । विगत केही दिनदेखि कारोबार रकममा नबिल बैंक शीर्ष स्थानमा रहँदै आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः प्रभु बैंक र रिडी हाइड्रोपावर परेका छन् । 

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ५ : ०० बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन