रगतको माग धान्न धौ–धौ | Khabarhub Khabarhub

रगतको माग धान्न धौ–धौ


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

विराटनगर – विराटनगरस्थित नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रलाई रगतको माग धान्न धौ–धौ भएको छ ।

रगतको सङ्कलन कम हुँदा विभिन्न रोगका बिरामीलाई रगत वितरण गर्न केन्द्रलाई सकस छ । केन्द्रले दिएको जानकारीअनुसार विराटनगरमा दैनिक सय पिन्ट रगतको आवश्यकता पर्ने गरेको छ । तर केन्द्रमा एक दिनमा ४० देखि ५० पिन्टसम्म मात्र रगत सङ्कलन हुने गरेको छ । विभिन्न सङ्घसंस्थाले पनि रक्तदान कार्यक्रमको आयोजना गरी रगत सङ्कलन गरे पनि त्यो नियमित भने हुन सकेको छैन । सङ्कलित रगत मागको तुलनामा निकै कम रहेको छ ।

प्रदेश नं १ को राजधानीसमेत रहेको विराटनगरमा कोशी अस्पतालसहित सुविधा सम्पन्न कैयौँ निजी अस्पताल एवं क्लिनिक सञ्चालनमा छन् । प्रदेश नं १ को १४ वटै जिल्ला, प्रदेश नं २ को सिरहा र सप्तरीलगायतका केही जिल्ला र भारतको सीमान्त क्षेत्रबाट समेत बाक्लो सङ्ख्याका बिरामी दिनहुँ विभिन्न रोगको उपचार गराउन विराटनगरका विभिन्न अस्पताल र स्वास्थ्य संस्थामा आइपुग्ने गरेका छन् ।

प्रसूतिदेखि मिर्गौलासम्मका बिरामीलाई रगत चाहिने हुन्छ । कतिपय बिरामीको आकस्मिक शल्य चिकित्सा गर्नुपर्ने हुँदा बिरामीका आफन्त रगत खोज्दै भौँतारिनुपर्ने अवस्था छ । केन्द्रका रक्त सञ्चार सेवा अधिकृत शिवानन्द यादवले केन्द्र सधैँ रगत अभावले पिरोलिने गरेको बताए । उनले विराटनगर स्वास्थ्यको हबको रूपमा विकसित हुँदै गएकाले उपचारका लागि अत्यधिक बिरामी आउने गरेको बताए । विराटनगरका अस्पतालमा जति धेरै बिरामी आउँछन् त्यति नै धेरै रगतको माग बढ्दै जाने भएकोले सधैँजसो अभाव हुने गरेको यादवले बताए ।

अधिकृत यादवले रगतको अभाव छ भनेर हात बाँधेर बस्न नमिल्ने भन्दै विराटनगरका अस्पतालको मागबमोजिम आपूर्ति मिलाउन हरसम्भव प्रयत्न गर्ने गरेको बताए । उनले विभिन्न सङ्घसंस्था र रक्तदातासँगको समन्वयमा रक्तदान कार्यक्रमको आयोजना गरेर अन्य ठाउँबाट पनि रगत सङ्कलन कार्य गर्दै माग धान्ने कोसिस गर्ने गरेको बताए।

अधिकृत यादवले डेङ्गुको बिरामीको सङ्ख्या पनि बढ्दै गएकाले रगतका साथै दैनिक पाँच पिन्टको हाराहारीमा प्लेटलेट्सको माग हुने गरेको स्पष्ट पारे । रगत लिन केन्द्र आउनुभएका विराटनगर–१४ का दाताराम चापागाईंले रगतको चरम अभावका बाबजुद केन्द्रले हर हालतमा रगत उपलब्ध गराएको देख्दा खुसी लागेको बताए । चापागाईं आफ्नी बहिनीका लागि रगत लिन केन्द्र आएका थिए।

विराटनगरमा बसोबास गर्दै आउनुभएकी सिरहाकी मञ्जुलाकुमारी मेहताले केन्द्रमा रगतको अभाव महसुस गरी कसैलाई ताजा रगत चाहिए आफूले रक्तदान गर्ने गरेको बताउनुभयो ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  १० : ३९ बजे

‘विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन’

काठमाडौं – प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि

ब्याटर नचल्दा सकंटमा कर्णाली, १०० रन पुग्दा गुमायो ७ विकेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको दोस्रो क्वालिफायर खेलमा जनकपुर

हिरासतमा रहेका रविको तस्बिरबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं- गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वन्तत्र

नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र दक्षिण

सीजी इलेक्ट्रोनिक्सको निःशुल्क एनपीएल टिकट वितरण

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको माहौलमा सीजी इलेक्ट्रोनिक्सले आयोजित