म्याराथनको पुरुषमा गण्डकी, महिलामा सशस्त्रलाई स्वर्ण « Khabarhub

म्याराथनको पुरुषमा गण्डकी, महिलामा सशस्त्रलाई स्वर्ण


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

पोखरा– नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीले म्याराथनको उपाधि जितेको छ । मंगलबार बिहान भएको प्रतियोगितामा अनिश थापा मगरले स्वर्ण जितेका हुन् ।

मगरले २ घन्टा २२ मिनेट ५४ सेकेन्डमा ४२ किलोमिटर दूरी पार गरे । प्रतियोगितामा नेपाली सेनाका धावक कृष्ण बस्नेतले २ घन्टा २३ मिनेट १४ सेकेन्डमा दौड पूरा गरी रजत जित्दा सशस्त्रका सन्तोषविक्रम विष्टले २ घन्टा ३० मिनेट ५४ सेकेन्डमा दौड पूरा गरेर कास्य जिते ।

महिलातर्फ सशस्त्र प्रहरी बलकी वृन्द्राधन श्रेष्ठले स्वर्ण जितेकी छन् । पोखरा रंगशालामा मंगलबार बिहान भएको म्याराथन दौडमा वृन्द्राले ४२.१९५ किलोमिटर दूरी २ घन्टा ५७ मिनेट २३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । 

रजत पदक जितेकी आर्मीकी विश्वरुपा बुढाले ३ घन्टा ००.३५ सेकेन्डमा दूरी पूरा गरिन् । पुलिसकी रेखा विष्टले ३ घन्टा १ मिनेट ३५ सेकेन्डमा पूरा गर्दै कास्य जितिन् ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  १२ : ४५ बजे

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन चिसो

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको