गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न « Khabarhub

गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

रौतहट – गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ । च्याम्पियनमा नेपालभरिका बजाज प्लाटिना चालकहरू आफ्नो मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न सहभागी भएका थिए ।

माइलेज च्याम्पियनमा लोकेशकुमार चौरसियाले ९९ किमी प्रतिलिटरको प्रभावशाली प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरे । ९४ किमी प्रतिलिटरको प्रदर्शनका साथ मुकेशकुमार शाह दोस्रो भए । ९० किमी प्रतिलिटरको प्रदर्शन गर्दै रोशन अली यादव तेस्रो भए ।

यो इभेन्टले केवल बजाज प्लेटिनाको इन्धन बचत र भरपर्दो विशेषताहरूलाई मात्र नगरी बजाजप्रेमीहरूबीच समुदाय र मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना पनि प्रवर्द्धन गरेको कम्पनीको दाबी छ ।

माइलेज च्याम्पियनमा सहभागी चालकहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्यसहित प्रतिस्पर्धा गरे । कार्यक्रममा बजाज प्लाटिनाको इन्धन दक्षता र विश्वसनीयतालाई उजागर गर्दै नेपालका बजाजप्रेमीहरूबीचको एकताको भावना र मित्रवत प्रतिस्पर्धालाई प्रोत्साहित गरिएको थियो ।

पछिल्लो समय पेट्रोलिय पदार्थको मुल्यवृद्धि भएसँगै आम ग्राहक वर्गलाई माइलेजको अवस्थाबारे जानकारी दिन उक्त च्याम्पियन आयोजना गरिएको बजाजका एरिया सेल्स म्यानेजर विजय सिंहले बताए । १०० सीसीको प्लाटिना मोटरसाइकलको माइलेज च्याम्पियन हुने उनको भनाइ थियो ।

नयाँ पुस्ताले बढी पेट्रोल खर्च गर्ने मोटरसाइकल चलाउने ट्रेन्ड बसेका बेला प्लाटिना प्रयोगको फाइदाबारे पनि च्याम्पियनले जानकारी दिने विश्वास दिएका थिए। आइतबार बिहान १० बजे उक्त च्याम्पियनको गरुडा चिनी मिल चौरमा उद्घाटन भएको थियो ।

उक्त च्याम्पियनमा आम ग्राहक वर्गलाई सहभागीताका लागि पनि अनुरोध गरिएका थियो । च्याम्पियनमा सहभागी उत्कृष्टलाई पुरस्कृत पनि गरिने कम्पनीले जनाएको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ९ : ४८ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका