‘लप्पन छप्पन २’ मा शिव श्रेष्ठ पनि « Khabarhub

‘लप्पन छप्पन २’ मा शिव श्रेष्ठ पनि


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – चलचित्र ‘लप्पन छप्पन २’ मा अभिनेता शिव श्रेष्ठ पनि अनुबन्ध भएका छन् । केही दिनअघि फिल्म ‘प्रेम गीत ३’ मा पनि र श्रेष्ठ अनुबन्ध भएका थिए । सो फिल्ममा श्रेष्ठले प्रदीप खड्काका बुबाको भूमिका निभाउने जनाइएको छ ।

‘लप्पन छप्पन २’ मा पनि अभिनेता श्रेष्ठलाई बुबाकै भूमिकामा उनले अभिनय गर्ने भएका छन् । उनले यो फिल्ममा अभिनेता सौगात मल्लको बुबाको भूमिका निभाउने जनाइएको छ ।

निर्माण टिमले शनिवार दिउँसो अभिनेता श्रेष्ठसँग सम्झौता गर्दै अनुबन्ध गरेको हो । महाशिवरात्रीको अवसर पारेर फागुन ९ गते प्रदर्शन गरिने भनिएको यो फिल्ममा दयाहाङ राई, अर्पण थापा, अनुपविक्रम शाही, नम्रता श्रेष्ठ, सुरविना कार्की, सुजना सिना लगायतका कलाकारको पनि अभिनय रहनेछ ।

‘खतरनाक गेम’ भनिएको यो फिल्ममा मुकुन्द भट्टको निर्देशन रहनेछ भने फिल्मलाई अस्ट्रेलिया, युरोप र नेपालमा पनि खिचिनेछ । यस्तै फिल्ममा मुकुन्द भट्ट र सुनील निउरेको कथा रहेको छ । यद्यपि फिल्मको पहिलो सिक्वेल ‘लप्पन छप्पन’ले भने दर्शकको खासै साथ पाउन सकेको थिएन ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  १२ : ५४ बजे

एनपीएलमा आज दुई खेल : दुई कुशलसँग भिड्दै करण र दीपेन्द्र

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार

पशुपतिनाथ मूल मन्दिरभित्रको फलामे बार हटाइयो

काठमाडौं – विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा करिब एक दशकअघिदेखि

उधौलीले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग गर्छ : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

सिरहा – सिरहाको धनगढीमाई-३ कुर्वा गाउँको सानो मुसहर बस्तीमा यतिबेला

आज धान्य पूर्णिमा र योमरी पुन्हि

काठमाडौं – मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा