विद्यालयमा चोरी, दुई युवक पक्राउ « Khabarhub

विद्यालयमा चोरी, दुई युवक पक्राउ


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

धनगढी– बैतडीको एक विद्यालयमा चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

दशरथचन्द नगरपालिका–१ स्थित मणिलेक मावि गुरुखोलाबाट गएको असोज १४ गते राति ल्यापटप र कम्प्युटर चोरी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दशरथचन्द–४ का २० वर्षीय भुपेश भट्ट र सोही ठाउँका २१ वर्षीय खेमराम तिरुवालाई पक्राउ गरिएको हो । पक्राउ परेका दुबैमाथि मुलकी अपराध संहिता २०७४ को परिच्छेद २० को दफा २४३ अन्तर्गत चोरी मुद्दा दर्ता गरी अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  ७ : ३० बजे

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

बाग्मती– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

प्रतिनिधिसभा निर्वाचन : काभ्रेका ८८ मतदानस्थल संवेदनशील

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा

कांग्रेस सभापतिसहित नवनिर्वाचित पदाधिकारीले आज पदबहाली गर्ने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीले शुक्रबार पदबहाली