लागूऔषधसहित २१ जना पक्राउ « Khabarhub

लागूऔषधसहित २१ जना पक्राउ


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित विभिन्न क्षेत्रबाट २१ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो काठमाडौँबाट खटिएको प्रहरीको टोलीले उनीहरूबाट ३३.४ ग्राम खैरो हेरोइन, १५ किलो गाँजा र दुई हजार १४० पिस लागूऔषध एम्पुल बरामद गरेको ब्युरोले आज एक सूचना जारी गरी जनाएको छ । 

उनीहरूका साथबाट रु ११ लाख २५ हजार ५०० समेत बरामद गरिएको ब्युरोका प्रवक्ता योगेन्द्रकुमार खड्काले जानकारी दिए । पक्राउ पर्नेमा सोलुखुम्बुका ग्याल्जेन शेर्पा, इलामका दिनेश तामाङ, सिर्जना राई, कृष्ण तामाङ, सरोज राई, नुवाकोटका कृण्णबहादुर राई र सरोज राई, सर्लाहीका रञ्जित गोले, धादिङका शर्मिला तामाङ रहेका छन् । 

यस्तै नियन्त्रित लागूऔषधसहित पर्साका सन्दीप दास, मेलिना भण्डारी, उपेन्द्र कुशवाह र दिपुप्रसाद कुशवाह, चितवनका, श्रीकृष्ण भण्डारी, पर्साकै कृशन शाह, चन्दन महतो, सुवास सहनी र सप्तरीका चन्दनकुमार दासलाई पनि पक्राउ गरिएको छ । 

यस्तै भारत मधुवनीका शम्भुकुमार साह, भारत मेघालयका सन्दीप शर्मा, गोरखाका सचिन देवकोटालगायतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उनीहरूका साथबाट रु १३ लाख ६२ हजार मूल्य बराबरको लागूऔषध बरामद भएको जनाइएको छ । 

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  ७ : ५९ बजे

एमाले स्याङ्जाले बनायो गैरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी

काठमाडौं– नेकपा (एमाले) स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

बाग्मती– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

प्रतिनिधिसभा निर्वाचन : काभ्रेका ८८ मतदानस्थल संवेदनशील

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा