‘सत्ता गठबन्धनलाई बलियो बनाउनुपर्छ’ | Khabarhub Khabarhub

‘सत्ता गठबन्धनलाई बलियो बनाउनुपर्छ’


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा गठबन्धन रहरले नभई लोकतन्त्र र संविधान रक्षाका लागि गरिएको स्पष्ट पारेका छन् । “प्रतिगमन शक्तिलाई पराजित गर्नुपर्ने अहिलेको मुख्य चुनौती हो, यसैका लागि बनेको गठबन्धनलाई बलियो बनाउनुको विकल्प छैन”, उनले भने ।

व्यास नगरपालिका वडा नं–२ मा निर्वाचन सम्पर्क कार्यालयको आज शुभारम्भ गर्दै उनले गठबन्धनलाई दिगोरूपमा अगाडि लैजान सकिए मात्र संविधानको रक्षामा सहयोग पुग्ने बताएका हुन् । व्यवस्था परिवर्तन भए पनि यसको सही व्यवस्थापन हुन नसकेकाले जनताको अवस्था बदलिन नसकेको पौडेलको भनाइ थियो ।

हरेक नागरिकमा अनुशासन र आचरणमा राख्ने पद्धति आवश्यक परेको जनाउँदै उनले लोकतन्त्रको उपयोग गर्न सिक्नुपर्ने धारणा व्यक्त गरे । गाउँमा रोजगारी र आम्दानीको अवसर सिर्जना गर्नुपर्ने अहिलेको चुनौती रहेको र त्यसका लागि आफू क्रियाशील रहेको उनको भनाइ छ ।

तनहुँ क्षेत्र नं १ प्रदेश (क)का उम्मेदवार अशोककुमार श्रेष्ठ, समानुपातिक उम्मेदवार चिनु पोख्रेललगायतले कांग्रेसको नेतृत्वमा विकास सम्भव रहेको बताए । वरिष्ठ नेता पौडेलले विगत केही दिनदेखि जिल्लाका विभिन्न ठाउँमा पुगेर मतदाता भेटघाटलाई तीव्र बनाएका छन्। यसक्रममा उनले व्यास, भानु नगरपालिका, बन्दीपुर गाउँपालिकाका विभिन्न ठाउँमा पुगेर मतदाता भेटघाट गरेका हुन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  १० : ४७ बजे

भारतीय नेता भन्छन्– भारतले प्रतिभा र प्रविधि अनि पाकिस्तानले चाहिँ आतंककारी निर्यात गर्छ

काठमाडौं– भारतको शिवसेना पार्टीका सांसद श्रीकान्त शिन्देले पाकिस्तानको चर्को आलोचना

कमल थापा पक्राउप्रति राप्रपा नेपालको कडा आपत्ति, आन्दोलन सशक्त बनाउने

काठमाडौं- राजसंस्था पुनर्स्थापना जनआन्दोलन समितिद्वारा आयोजित शान्तिपूर्ण प्रदर्शनका क्रममा राप्रपा

राप्रपाले सरकारलाई भन्यो- कमल थापासहित पक्राउ परेका सबैलाई तत्काल रिहा गरियोस्

काठमाडौं- राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्र घोषणाको मागसहित जेठ १५

डुङ्गा दौड प्रतियोगितामा फेवा हर्पन र ताल पारीको जित

पोखरा–  फेवातालमा आइतबार भएको दोस्रो राष्ट्रिय खुला डुङ्गा दौड प्रतियोगितामा पुरुषतर्फ

अछाममा भारतको सवा तीन करोड लगानीमा बनेको विद्यालय भवन उद्घाटन

अछाम– भारत सरकारको आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजनामध्ये