‘खेलाडी राष्ट्रका गहना हुन’ « Khabarhub

‘खेलाडी राष्ट्रका गहना हुन’


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– गृहमन्त्री बालकृष्ण खाणले खेलाडी राष्ट्रका गहना भएको उल्लेख गर्दै खेलाडीको उत्साह र खेल क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले वर्तमान तथा पूर्वखेलाडी, अफिसियल, व्यवस्थापक, पूर्व र वर्तमान प्रशिक्षकको संरक्षणमा सरकारले विशेष ध्यान दिने बताए । खेलले व्यक्तिलाई अनुशासित र स्वस्थ बनाउने मात्र नभई देशलाई नै अन्तर्राष्ट्रियस्तरमा चिनाउन काम गरेको गृहमन्त्री खाणले बताए। ‘खेल क्षेत्रको विकासबाट मुलुकको समग्र विकास गर्न सकिन्छ’, मन्त्री खाणले युवा सङ्घ नेपाल सिद्धार्थनगरले भैरहवामा आज आयोजना गरेको कार्यक्रममा भने, ‘पाँच दलीय गठबन्धन पनि खेल क्षेत्रको विकासमा प्रतिबद्ध छ ।’

निर्वाचनपछि पनि पाँच दलीय गठबन्धनको सरकार बन्ने उनको दाबी थियो । ‘पाँच दलीय गठबन्धनको सरकारले खेल र खेलाडीको सम्मान गर्छ’, उनले भने “निर्वाचनपछि पनि पाँच दलीय गठबन्धनकै सरकार बन्छ । त्यसपछि खेलाडी, खेल क्षेत्र बुझेका व्यक्तिसँग बसेर छलफल गरी खेल क्षेत्र र खेलाडीको विकासका लागि दीर्घकालीन योजना बनाउँछौँ ।’

राष्ट्रलाई सधैँ शिरमा राखेर खेलाडीले खेल खेल्ने भएकाले सरकारले मात्रै नभएर हरेक नागरिकले उनीहरूको सम्मान गर्नुपर्नेमा उनले जोड दिए। उनले खेलका माध्यमबाट मुलुकको आर्थिक तथा पर्यटन विकासमा टेवा पुग्नेसमेत बताए । ‘हामीले राम्रा अन्तर्राष्ट्रिय रङ्गशाला बनायौँ र यहाँ ठूला खेल आयोजना गयौँ भने विदेशी खेलाडी यहाँ खेल्न आउनु हुन्छ’, उनले भने, ‘खेलाडीसँगै अफिसियल, प्रशिक्षक, शुभेच्छुक पनि आउँदा नेपालको अन्तर्राष्ट्रिय जगत्मा प्रचारप्रसार हुन्छ, यहाँको आर्थिक गतिविधि बढ्छ ।’

उनले नेपाली खेलाडीले विभिन्न अभावका बाबजुद राष्ट्रका लागि खेलिरहेको जनाउँदै यो समग्र देशका लागि खुसी र गौरवको विषय भएको बताए। ‘अहिले खेलिरहेका खेलाडी मात्रै होइन, पूर्वखेलाडी, प्रशिक्षकलगायत खेल क्षेत्रसँग सम्बन्धित सबैले केही न केही अभावको सामना गर्नुपरेको छ, अभावबाट मुक्त गर्न हामी लागि पर्नेछौँ, गठबन्धनले यसतर्फ ध्यान दिनेछ’, उनले भने, ‘सरकारले भोलिका दिनमा खेल पूर्वाधार विकास गर्दै सबै खेल क्षेत्रसँग सम्बन्धित व्यक्तिलाई आत्मसम्मान हुने व्यवस्था मिलाउने छ ।’

कार्यक्रममा गृहमन्त्री खाणले खेल क्षेत्रलाई माथि उकास्न गठबन्धनको जित जरुरी रहेको दोहोर्याए । कयौँ विधाका खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा रूपन्देहीले उल्लेखनीय टेवा पुर्‍याएको स्मरण गर्दै गृहमन्त्री खाणले जिल्लाका सबै खेलकुदका पूर्वाधार विकासमा आफूले पहल गर्ने र आवश्यक बजेट छुट्याउन लागिपर्ने बताए ।

त्यस्तै लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री सन्तोषकुमार पाण्डेयले मुलुकलाई चिनाउने बुद्ध जन्मस्थल लुम्बिनी, सगरमाथा र खेल क्षेत्र नै भएको भन्दै खेलाडीलाई कुनै किसिमको अभाव हुन नदिन र बाँचुन्जेल उनीहरूको सेवासुविधा र सुरक्षाको ग्यारेन्टी गर्न ध्यान दिने बताए । यसका लागि आफूहरूले प्रदेश र सङ्घ सरकारसँग पहल गर्ने पूर्वमन्त्री पाण्डेयले बताए । 

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वखेलाडी सागर पुनले खेल क्षेत्रमा विगतमा भन्दा केही पूर्वाधार विकास भए पनि पर्याप्त नभएको, खेलाडीले खेल जीवनपछि अनेक दुःखकष्ट बेहोर्नुपरेको, रोजगारी नभएर भौतारिनुपरेको, कतिपय राम्रा खेलाडी आर्थिक अभावमा खेल नै छाडेर विदेशिनु परेको गुनासो गरे । उनले यी सबै समस्या समाधानका लागि पहलकदमी गर्न गृहमन्त्री खाणसँग अनुरोध गरे । 

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ४ : ५३ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद