वृद्धभक्ता बुझेर फर्कने बेला वृद्धले गरे भाइको हत्या « Khabarhub

वृद्धभक्ता बुझेर फर्कने बेला वृद्धले गरे भाइको हत्या


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – अर्घाखाँचीमा ७४ वर्षीय वृद्धले आफ्नै भाइको हत्या गरेका छन्। भूमिकास्थान नगरपालिका वडा नं. १ घर भएका हिम बहादुर गमालले सहोदर भाइ वीरबहादुर गमालको हत्या गरेका हुन्।

यही कार्तिक २ गते राति भिरमा लडेर ज्यान गुमाएका भनिएका गमालको शव अर्को दिन बिहानमात्र फेला परेको थियो। दिउँसो भुमिकास्थान नगरपालिका वडा नं. ४ धारापानीमा रहेको शाइन रेसुंगा बैंकबाट सँगै वृद्धाभक्ता निकालेका दाजुभाइ हिँड्दै घर जानेक्रममा आपसी विवाद भएको खुलासा भएको छ।

घटनाको अनुसन्धान गर्दा आफ्नै दाइले भिरबाट धकेलेको भेटिएपछि ७४ वर्षीय हिम बहादुर गमाललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। दुई दाजुभाइबीच लेनदेनमा भएको विवादमा दाइले धकलेर भिरबाट खसालेका प्रहरीले जनाएको छ। भिरबाट खसेका गमालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  १० : ४७ बजे

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को