चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन सम्पन्न, आइतबार नयाँ नेतृत्व सार्वजनिक गरिने « Khabarhub

चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन सम्पन्न, आइतबार नयाँ नेतृत्व सार्वजनिक गरिने


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनको सत्तारुढ कम्युनिष्ट पार्टीको महाधिवेशन शनिबार सम्पन्न भएको छ । राष्ट्रपति सी जिन्पिङको शक्ति थप सुदृढीकरण गर्दै कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशन शनिबार सम्पन्न भएको हो ।

पार्टीको महाधिवेशनले संविधानमा सी जिन्पिङ विचारधारालाई मजबुत बनाउनेगरी ‘दुई स्थापना’ र ‘दुई सुरक्षा’ नामक संशोधन समेत पारित गरेको बेलायती अखबार द गार्जियनको अनलाइन संस्करणले जनाएको छ । यससँगै पार्टीले सी जिन्पिङ विचारधारालाई आधारभूत राजनीतिक सिद्धान्तका रुपमा पनि अघि सारिएको जनाइएको छ ।

महाधिवेशनले २०५ जना केन्द्रीय समिति पनि चयन गरेको छ । केन्द्रीय समितिमा वर्तमान प्रधानमन्त्री ली खछ्याङ र गुआङडोङ प्रान्तका पार्टी प्रमुख वाङ याङसहित पार्टीका केही महत्वपूर्ण व्यक्तित्वलाई भने समावेश गरिएको छैन । वाङलाई नयाँ प्रधानमन्त्रीका रुपमा हेरिएको थियो । पार्टीले आइतबार पोलिटब्युरो स्थायी समिति चयन गर्ने जनाइएको छ ।

पार्टीले आइतबार स्थानीय समयअनुसार मध्याह्न १२ बजे ग्रेट हल अफ पिपुलमा पत्रकारहरुमाझ नयाँ नेतृत्व सार्वजनिक गर्ने अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । आइतबार नै पार्टीले सीलाई ऐतिहासिक तेस्रो कार्यकालका लागि महासचिव र राष्ट्रपतिका रुपमा अनुमोदन गर्ने अपेक्षा गरिएको छ ।

वर्तमान प्रधानमन्त्री लीलाई बाहिर राख्दै केन्द्रीय समितिको चयन भएसँगै विश्लेषकहरुले पोलिटब्युरो स्थायी समितिमा राष्ट्रपति सीका समर्थकहरुको बर्चश्व रहने र पार्टीमा सीको पकड अझ मजबुत हुने टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ४ : ३९ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना