चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन सम्पन्न, आइतबार नयाँ नेतृत्व सार्वजनिक गरिने « Khabarhub

चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन सम्पन्न, आइतबार नयाँ नेतृत्व सार्वजनिक गरिने


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनको सत्तारुढ कम्युनिष्ट पार्टीको महाधिवेशन शनिबार सम्पन्न भएको छ । राष्ट्रपति सी जिन्पिङको शक्ति थप सुदृढीकरण गर्दै कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशन शनिबार सम्पन्न भएको हो ।

पार्टीको महाधिवेशनले संविधानमा सी जिन्पिङ विचारधारालाई मजबुत बनाउनेगरी ‘दुई स्थापना’ र ‘दुई सुरक्षा’ नामक संशोधन समेत पारित गरेको बेलायती अखबार द गार्जियनको अनलाइन संस्करणले जनाएको छ । यससँगै पार्टीले सी जिन्पिङ विचारधारालाई आधारभूत राजनीतिक सिद्धान्तका रुपमा पनि अघि सारिएको जनाइएको छ ।

महाधिवेशनले २०५ जना केन्द्रीय समिति पनि चयन गरेको छ । केन्द्रीय समितिमा वर्तमान प्रधानमन्त्री ली खछ्याङ र गुआङडोङ प्रान्तका पार्टी प्रमुख वाङ याङसहित पार्टीका केही महत्वपूर्ण व्यक्तित्वलाई भने समावेश गरिएको छैन । वाङलाई नयाँ प्रधानमन्त्रीका रुपमा हेरिएको थियो । पार्टीले आइतबार पोलिटब्युरो स्थायी समिति चयन गर्ने जनाइएको छ ।

पार्टीले आइतबार स्थानीय समयअनुसार मध्याह्न १२ बजे ग्रेट हल अफ पिपुलमा पत्रकारहरुमाझ नयाँ नेतृत्व सार्वजनिक गर्ने अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । आइतबार नै पार्टीले सीलाई ऐतिहासिक तेस्रो कार्यकालका लागि महासचिव र राष्ट्रपतिका रुपमा अनुमोदन गर्ने अपेक्षा गरिएको छ ।

वर्तमान प्रधानमन्त्री लीलाई बाहिर राख्दै केन्द्रीय समितिको चयन भएसँगै विश्लेषकहरुले पोलिटब्युरो स्थायी समितिमा राष्ट्रपति सीका समर्थकहरुको बर्चश्व रहने र पार्टीमा सीको पकड अझ मजबुत हुने टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ४ : ३९ बजे

बाजुराको लाम्पाटामा पुग्यो सशस्त्र प्रहरीको टोली

काठमाडौं– बाजुराको लाम्पाटा क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ गर्न सशस्त्र प्रहरी

रास्वपाको बागमती अधिवेशन : विद्युतीय मेसिनबाट मतदानको तयारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेशको अधिवेशनअन्तर्गत केहीबेरपछि मतदान हुँदैछ

पाकिस्तानमा ७६३ अफगान कैदी रिहा, ३७ सय शरणार्थी स्वदेश फिर्ता

एजेन्सी– पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त

आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जडित विद्युत् उत्पादन

‘पार्टी शुद्धीकरण र पुनर्गठन’का लागि एमालेले थाल्यो सुझाव संकलन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण