भारतमा १० करोड डोज ‘कोभिशिल्ड’ खोप नष्ट « Khabarhub

भारतमा १० करोड डोज ‘कोभिशिल्ड’ खोप नष्ट


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा खोप निर्माता कम्पनीले १० करोड डोज कोभिड १९ विरुद्धको खोप नष्ट गरेको छ । भारतको सेरम इन्स्टिच्युट अफ इण्डिया एसआईआईले म्याद गुज्रेका १० करोड डोज खोप नष्ट गरेको बीबीसीले जनाएको छ ।

उक्त कम्पनीले गत डिसेम्बरबाट ‘कोभिशिल्ड’ खोप उत्पादन बन्द गरेको थियो । बजारमा माग घटेसँगै उत्पादन बन्द गर्नु परेको कम्पनीका प्रमुख कार्यकारी अदर पुनावालालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यद्यपि कम्पनीले भारतमा अस्ट्राजेनेकाको भ्याक्स्जेभ्रिया नामक खोपको उत्पादनलाई निरन्तरता दिइरहेको जनाइएको छ ।

भारतमा ९० प्रतिशतलाई कोभिशिल्ड खोप दिइएको थियो । भारतमा हाल २ अर्ब डोज कोभिड १९ विरुद्धको खोप दिइएको छ । भारतको संघीय स्वास्थ्य मन्त्रालयका अनुसार ७० प्रतिशत भारतीयले कम्तीमा दुई डोज खोप लिइसकेका छन् ।

जनवरी २०२२ बाट भारतले स्वास्थ्यकर्मी एवम् स्वास्थ्य कार्यकर्ता र ६० वर्ष माथिका मानिसहरुलाई बुस्टर डोज समेत दिन थालेको थियो । पछि सबै वयस्कलाई बुस्टर डोज दिने घोषणा गरिएको थियो ।

यद्यपि हालसम्म भारतमा केबल २९ करोड डोजमात्र बुस्टर खोप प्रदान गरिएको छ ।

‘मानिसहरु कोभिडबाट दिक्क भएजस्तो देखिएसँगै बुस्टर डोजको माग नै छैन’ पुनावालाले सञ्चारकर्मीहरुलाई भने, ‘साँच्चै भन्दा म पनि दिक्क भइसकेँ । हामी सबै ।’

उनका अनुसार कम्पनीसँग अझै १० करोड डोज खोप सञ्चितीमा रहेको छ । ९ महिनासम्म म्याद रहेका खोपहरुको यही वर्षको सेप्टेम्बर महिनामा म्याद गुज्रेको बीबीसीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ५ : ०९ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना