हङकङमा ४ नाबालिगलाई जेल सजाय सुनाइएकोमा संयुक्त राष्ट्रसंघद्वारा चिन्ता व्यक्त « Khabarhub

हङकङमा ४ नाबालिगलाई जेल सजाय सुनाइएकोमा संयुक्त राष्ट्रसंघद्वारा चिन्ता व्यक्त


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हङकङमा चार जना नाबालिगलाई जेल सजाय सुनाएकोमा संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघ मानवअधिकार उच्चायुक्तको कार्यालयले हङकङमा चार जना नाबालिगलाई जेल सजाय सुनाइएकोप्रति चिन्ता व्यक्त गरेको हो ।

चीनले राष्ट्रिय सुरक्षा कानून अनुसार चार नाबालिगसहित ५ जनालाई जेल सजाय सुनाएको थियो । सजाय पाउने नाबालिगमा १७ वर्षे युएन का हिम, १६ वर्षे वान चुङ वाई, १७ वर्षे लिउङ युङ वान र १७ वर्षे सियुङ चाउ चिङ यु रहेका छन् । यसबाहेक १९ वर्षे क्वोक मान हेईलाई पनि सजाय सुनाइएको छ ।

उनीहरुले तालिम केन्द्रमा सजाय कटाउने बताइएको छ । २१ वर्षभन्दा कम उमेरका कैदीहरुलाई तालिम केन्द्रमा राखिने गरिएको छ ।
उनीहरुले आन्दोलनको आह्वान गरी विद्रोह भड्काउने षड्यन्त्र गरेको अभियोग लगाइएको छ ।

‘चीनको हङकङ विशेष प्रशासनिक क्षेत्रमा राष्ट्रिय सुरक्षा कानूनको आधारमा शनिबार अरु ५ जना – तीमध्ये चार जना नाबालिग – लाई सजाय दिइएको घटनाबाट हामी चिन्तित बनेका छौँ ।’ राष्ट्रसंघको मानवअधिकार उच्चायुक्तको कार्यालयकी प्रवक्ता रविना शामदशनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ९ : ०३ बजे

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य