हङकङमा ४ नाबालिगलाई जेल सजाय सुनाइएकोमा संयुक्त राष्ट्रसंघद्वारा चिन्ता व्यक्त | Khabarhub Khabarhub

हङकङमा ४ नाबालिगलाई जेल सजाय सुनाइएकोमा संयुक्त राष्ट्रसंघद्वारा चिन्ता व्यक्त


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हङकङमा चार जना नाबालिगलाई जेल सजाय सुनाएकोमा संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघ मानवअधिकार उच्चायुक्तको कार्यालयले हङकङमा चार जना नाबालिगलाई जेल सजाय सुनाइएकोप्रति चिन्ता व्यक्त गरेको हो ।

चीनले राष्ट्रिय सुरक्षा कानून अनुसार चार नाबालिगसहित ५ जनालाई जेल सजाय सुनाएको थियो । सजाय पाउने नाबालिगमा १७ वर्षे युएन का हिम, १६ वर्षे वान चुङ वाई, १७ वर्षे लिउङ युङ वान र १७ वर्षे सियुङ चाउ चिङ यु रहेका छन् । यसबाहेक १९ वर्षे क्वोक मान हेईलाई पनि सजाय सुनाइएको छ ।

उनीहरुले तालिम केन्द्रमा सजाय कटाउने बताइएको छ । २१ वर्षभन्दा कम उमेरका कैदीहरुलाई तालिम केन्द्रमा राखिने गरिएको छ ।
उनीहरुले आन्दोलनको आह्वान गरी विद्रोह भड्काउने षड्यन्त्र गरेको अभियोग लगाइएको छ ।

‘चीनको हङकङ विशेष प्रशासनिक क्षेत्रमा राष्ट्रिय सुरक्षा कानूनको आधारमा शनिबार अरु ५ जना – तीमध्ये चार जना नाबालिग – लाई सजाय दिइएको घटनाबाट हामी चिन्तित बनेका छौँ ।’ राष्ट्रसंघको मानवअधिकार उच्चायुक्तको कार्यालयकी प्रवक्ता रविना शामदशनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ९ : ०३ बजे

भारतबाट १६ बालबालिकाको उद्धार

जनकपुरधाम- भारतका विभिन्न स्थानबाट १६ बालबालिकाको उद्धार गरिएको छ। उनीहरूलाई

मुस्ताङमा हिमपातपछि निरन्तर वर्षा, जनजिवन प्रभावित

मुस्ताङ – मङ्गलबारको हिमपातपछि हिमाली जिल्ला मुस्ताङमा निरन्तर वर्षा भइरहेको

आन्दोलनमा आगजनी र लुटपाटमा संलग्न व्यक्ति गोलीसहित पक्राउ

काठमाडौँ- जिल्ला प्रहरी परिसर भक्तपुरले १६ थान (जङ्गी राउन्ड) एसएलआरको

निर्वाचनपछि महाधिवेशन गर्नु उपयुक्त हुन्छ भन्ने धारणा आएको छः प्रवक्ता महत

ललितपुर – नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको आजको बैठकमा धारणा