पदीय जिम्मेवारी दृढतापूर्वक पालना गर्न महालेखापरीक्षक शर्माको निर्देशन « Khabarhub

पदीय जिम्मेवारी दृढतापूर्वक पालना गर्न महालेखापरीक्षक शर्माको निर्देशन


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महालेखापरीक्षक टंकमणि शर्माले राज्यले दिएको जिम्मेवारीलाई आग्रह पूर्वाग्रह नराखी दृढतापुर्वक पालना गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।

आइतबार काठमाडौंमा महालेखापरीक्षकको कार्यालयको ६१ औ वार्षिकोत्सव कार्यक्रममा उनले अरुको दोष र खोट देखाउने भएको आफू चोखो हुनुपर्नेतर्फ सचेत हुन कर्मचारीको ध्यानाकर्षण गराए । उनले आग्रह पूर्वाग्रहमा पर्दा प्रतिवेदन नै गलत ठहरिने भन्दै त्यसतर्फ सचेत र जिम्मेवार बन्न कर्मचारीलाई निर्देशन दिए ।

कर्मचारीका स्वभाविक कमिकमजोरीलाई आफूले सधैँ जिम्मेवारी लिँदै आएको भन्दै उनले नियतबस गरिने गल्तीको दोषी स्वयम हुनुपर्ने बताए । उनले भने, “हामी अरुको दोष र खोट देखाउने जिम्मेवारीमा भएकाले आफू चाही चोखो रहनुपर्छ । संपरीक्षण गर्दा आग्रह पुर्वाग्रह गर्नुहुँदैन । नतिजा वस्तुगत हुनुपर्छ । नलेख्नु पर्ने कुरा लेखेको, लेख्नुपर्ने कुरा नलेखेको अनि गलत प्रतिवेदन ठहरिन्छ ।

यस्तोमा कहिलेकाही हाम्रा कर्मचारीहरु पनि दोषी हुन् कि भन्ने आशंकाहरु आउछ । त्यसमा ध्यानाकर्षण गराउन चाहन्छ । जानी जानी मिलेमतो गरेर राज्यको नोक्सानी गरेको कुरामा आफैले जिम्मेवारी लिनुपर्छ । काम गर्दै जाँदा हुने स्वभाविक खालका कमी कमजोरीलाई म सधैँ जिम्मेवारी लिन्छु ।”

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज कँडेलले महालेखा परीक्षकको कार्यालयलाई दीगो विकास लक्ष्यका १७ सुचकांकको पनि लेखा परीक्षण गर्ने जिम्मेवारी दिइएको जानकारी गराए ।

उनले राज्यका सबै संयन्त्र विकेन्द्रीकृत भएपनि महालेखापरीक्षकको कार्यालयले अहिलेसम्म केन्द्रीय ढंगले काम गर्दै आएकाले औपचारिकतामा मात्रै सीमित नभई वर्तमान परिप्रेक्षमा औचित्य, मितव्ययीता र प्रभावकारितालाई पनि ध्यान दिनुपर्ने आवश्यकता औल्याए ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ७ : ४६ बजे

सरकार संसद् र जनताप्रति जबाफदेही हुनुपर्छ : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार संसद्प्रति र

वर्षमानले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले जनताले आफ्ना गुनासो

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई

इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सीओओ)

 प्रतिनिधिसभा : विद्युतीय चुलो प्रवर्द्धनमा जोड

काठमाडौं– आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारलाई विद्युतीय चुलो प्रवर्द्धनमा जोड