अफगानिस्तानमा सुरक्षा करवाहीमा परी ३८ लडाकु मारिए « Khabarhub

अफगानिस्तानमा सुरक्षा करवाहीमा परी ३८ लडाकु मारिए


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानको उत्तरी बदख्सान प्रान्तमा हालै गरिएको सुरक्षा करवाहीमा परी ३८ लडाकु मारिएका छन् ।

यस कारवाहीमा अन्य ७८ जना पक्राउ परेका सूचना र संस्कृति विभागका प्रान्तीय प्रमुख कारी माजुद्दिन अहमदीले सोमबार बताएका छन् ।

गत एक हप्तामा शिवा, अर्घंज ख्वा र राघ जिल्लामा सुरक्षा कारवाहीको क्रममा ३८ सशस्त्र लडाकु मारिएको र अरु ७८ जनालाई पक्राउ परेका अहमदीले पत्रकारहरुलाई जानकारी दिएका हुन् ।

उक्त कारवाहीमा सुरक्षा बलका तीन सदस्यको मृत्यु भएको र पाँच जना घाइते भएको जनाइएको छ । कारवाहीमा लडाकुका दुई कमाण्डरहरु बाहरुदिन र अब्दुल हमिद मारिएका राज्य सञ्चालित बख्तर समाचार संस्थाले जनाएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ५ : २६ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना