बंगलादेशलाई ४० देखि ५० मेगावाट विद्युत आपूर्ति गर्न तयार छौँ : राजदूत भण्डारी « Khabarhub

बंगलादेशलाई ४० देखि ५० मेगावाट विद्युत आपूर्ति गर्न तयार छौँ : राजदूत भण्डारी


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बंगलादेशका लागि नवनियुक्त नेपाली राजदूत घनश्याम भण्डारीले नेपालले बंगलादेशलाई ४० देखि ५० मेगावाट विद्युत आपूर्ति गर्न तयार रहेको जनाएका छन् ।

बंगलादेशी प्रधानमन्त्री शेख हसिनासँगको भेटवार्ताका क्रममा राजदूत भण्डारीले नेपालले बंगलादेशलाई ४० देखि ५० मेगावाट विद्युत आपूर्ति गर्न तयार रहेको जनाएका हुन् । नेपालमा जलविद्युत परियोजनाको निर्माण कार्य सम्पन्न भएसँगै उक्त परिमाण बढ्न सक्ने उनको भनाइ छ ।

राजदूत भण्डारीले बंगलादेशको बंगालबन्धु बन्दरगाह प्रयोगबारे पनि इच्छा प्रकट गरेको बंगलादेशी प्रधानमन्त्री कार्यालय गणभवनका प्रवक्ता एहसानुल करिमलाई उद्धृत गर्दै बंगलादेशबाट प्रकाशित हुने प्रोथोम आलोको अनलाइन संस्करणले जनाएको छ ।

राजदूत भण्डारीले नेपाल बंगलादेशसँग द्विपक्षीय सम्बन्ध अझ सुदृढ गर्न समेत तयार रहेको जनाएका छन् ।

जवाफमा बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले नवनियुक्त राजदूत भण्डारीलाई बधाई दिँदै सन् १९७१ को बंगलादेशी स्वतन्त्रता सङ्ग्राममा नेपालले आफ्नो मुलुकलाई गरेको सहयोगको पनि स्मरण गरेको प्रोथोम आलोले जनाएको छ ।

प्रधानमन्त्री हसिनाले दुई मुलुकबीच व्यापारलाई अझ सुदृढ गर्नुपर्नेमा समेत जोड दिएकी छिन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ५ : १८ बजे

‘संक्रामक पशु रोग नियन्त्रण विधेयकमाथि भएका सुझावले कानुनलाई थप विशिष्ट बनाउँछ’

काठमाडौं– विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३

बाफिया संशोधन गर्दै कारबाही भोगेका व्यक्ति बैंक सञ्चालक बन्न पाउने!

काठमाडौं– सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन गर्दै

कक्षा १ देखि १२ सम्म यौन शिक्षा अनिवार्य गर्न रञ्जु दर्शनाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रन्जु दर्शना न्यौपानेले बालबालिका तथा

हर्मुज जलघाँटी खुलाउनेबारे इरान–ओमानबीच छलफल

तेहरान- हर्मुज जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने विषयमा छलफल गर्न

लहानको सार्वजनिक जग्गामा बनेका घर-टहरामा चल्यो डोजर (तस्बिरहरू)

सिरहा– लहानको नयाँबजारस्थित सार्वजनिक जग्गामा बनाइएका घर–टहरामा डोजर चलेको छ ।