आर्थिक स्थायित्व कायम गर्ने प्रधानमन्त्री सुनकको प्रतिबद्धता « Khabarhub

आर्थिक स्थायित्व कायम गर्ने प्रधानमन्त्री सुनकको प्रतिबद्धता


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – बेलायतका नयाँ प्रधानमन्त्री ऋषि सुनकले विगतका गल्ती सच्च्याउने र आर्थिक स्थायित्व पुनःस्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राजा चाल्र्स तृतीयलाई बकिङघम राजप्रासादमा भेटेपछि उनीबाट सरकार गठनको आह्वान पश्चात् औपचारिक रूपमा प्रधानमन्त्री बन्नुभएका सुनकले पहिलो सार्वजनिक मन्तव्यमा ट्रस सरकारबाट विगतमा भएका गल्ती सच्च्याउने तथा राष्ट्रको आर्थिक स्थायित्व पुनः स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले त्यसनिम्ति गरिने निर्णयहरू कठिन हुने चेतावनी पनि दिएका छन् ।

‘अहिले हाम्रो देशले गहिरो आर्थिक सङ्कटको सामना गरिरहेको छ,’ प्रधानमन्त्री कार्यालय बाहिर पत्रकारहरूलाई उनले भने । प्रधानमन्त्री सुनकले लिज ट्रसले आर्थिक वृद्धि सुधार गर्न चाहनु गलत थिएन यद्यपि त्यसमा गल्ती भएका उनको विश्लेषण थियो । आर्थिक वृद्धि बढाउन पूर्ववर्ती सरकारबाट भएका प्रयासले अमेरिकी डलको तुलनामा आफ्नो देशको मुद्रा अवमूल्यन भएको बताउँदै अघिल्लो सरकारका त्रुटी सच्च्याउन आफू प्रधानमन्त्री निर्वाचित भएको तर्क गरे ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ८ : ०६ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र