चितवनमा ‘महापुरूष’ को प्रिमियर, उत्साहजनक प्रतिक्रिया « Khabarhub

चितवनमा ‘महापुरूष’ को प्रिमियर, उत्साहजनक प्रतिक्रिया


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

चितवन – फिल्म ‘महापुरूष’ ले चितवनमा प्रिमियर गरेको छ । ‘मोफसल प्रिमियर’ अन्तर्गत मंगलवार चितवनस्थित सिनेप्लेक्समा प्रिमियर भएको हो । दुवै पर्दामा भएको प्रिमियरमा चार सय दर्शकले फिल्म हेरेका छन् । कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँले मोफसलका सञ्चारकर्मी र फिल्मप्रेमीलाई मध्यनजर गर्दै दुई स्थानमा प्रिमियर गर्न लागिएको बताए ।

‘प्रिमियरबाट पाएको प्रतिक्रिया उत्साहजनक छ । चितवनमा प्रिमियर हुँदा स्थानीय पनि उत्साहित हुनुहुन्छ । हामीले मोफसलमा देखाएका हौँ’, बानियाँले भने ।

चितवन प्रिमियरमा निर्माता बानियाँसँगै निर्देशक तथा लेखक प्रदीप भट्टराई सहभागी रहे। आफ्नो फिल्मको मोफसलमा प्रिमियर गर्ने रहर पूरा भएको निर्देशक भट्टराईले बताए । ‘मेरो फिल्म मोफसलमा पनि प्रिमियर गरौँ भन्ने चाहना थियो । त्यो यसपटक पूरा भयो’, निर्देशक भट्टराईले भने । फिल्मकै काममा अल्झिने हुँदा मोफसलमा यसअगाडि यस्ता इभेन्ट गर्न नसकिएको उनले बताए ।

बुधवार इटहरीमा प्रिमियर हुँदैछ । पूर्वाञ्चलका दर्शकलाई लक्षित गर्दै इटहरीमा रहेको इलाइट सिनेमामा फिल्मको प्रिमियर गर्न लागिएको हो । इटहरीमा हुने प्रिमियरमा कार्यकारी निर्माता बानियाँ र निर्देशक भट्टराईसँगै अरुण क्षेत्री र अन्जना बराइलीसमेत सहभागी हुनेछन् । ११ कात्तिकबाट प्रदर्शनमा आउने फिल्मको शो समयसमेत मल्टिप्लेक्सहरूमा प्रकाशित हुन थालेको छ । फिल्मको अनलाइन टिकेट बुकिङ गर्न सकिनेछ ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रविन्द्रसिंह बानियाँ, राजाराम पौडेल, गौरी मल्ल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेल लगायतको अभिनय रहेको छ । यहिँ फिल्म मार्फत अरुण क्षेत्री र अन्जना बराइलीले डेब्यु गर्दैछन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ८ : ५२ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग