इजरायली सैनिककाे कारबाहीमा पाँच प्यालेस्टिनीकाे मृत्यु | Khabarhub Khabarhub

इजरायली सैनिककाे कारबाहीमा पाँच प्यालेस्टिनीकाे मृत्यु


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इजरायली सेनाले सशस्त्र हतियारधारी लुकेको स्थानमा गरेको कारबाहीमा पाँच जना प्यालेस्टिनी मारिएका छन् । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार कारबाहीमा २० जना घाइते भएका छन् ।

विस्फोटक पदार्थयुक्त प्रयोगशालालाई पनि सैनिक कारबाहीका क्रममा ध्वस्त पारिएको छ । इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व बढिरहेका बेला गए राति भएको उक्त कारबाहीले तनाव र द्वन्द्वलाई अझ चर्काएको छ । टेलिभिजन दृश्यमा नाब्लसको रातको आकाशमा आगो र धुवाँ उठेको देखिन्छ ।

आक्रमणमा मारिएका पाँच जना पुरुष २० देखि ३० वर्ष उमेर समूहका हुन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली सैनिक कारबाहीको लक्ष्य प्यालेस्टिनी बन्दुकधारीहरूको थियो । सशस्त्र प्यालेस्टिनी समूहले हालै एक इजरायली सिपाहीको गोली हानी हत्या गरेको तथा सैनिक केन्द्रमा धेरै पटक आक्रमणको प्रयास गरेको थियो ।

यसैबीच, इजरायली प्रधानमन्त्री यायर ल्यापिडले ‘लायन्स डेन’का नेता वादी हाउ सैनिक कारबाहीमा मारिएका स्थानीय रेडियोलाई बताएका छन् । देशको सुरक्षाका खातिर सैनिक कारबाही जारी रहने उनले स्पष्ट पारे ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ९ : १० बजे

खाँदबारी कैदी हत्या प्रकरण : मुद्दा फैसलामा ढिलाइ

किमाथांका– जिल्ला  कारागार खाँदबारीमा सुरक्षाकर्मी र कैदीको कुटपिटबाट दुई जना

भारतमा फौजदारी अभियोग लागेका मन्त्रीलाई बर्खास्त गर्ने विधेयक प्रस्ताव

एजेन्सी– भारत सरकारले शीर्ष राजनीतिज्ञहरूलाई ३० दिनसम्म गिरफ्तार वा हिरासतमा

कोशी प्रदेशसभामा पनि उठ्यो उपसभामुख रानाविरुद्धको महाअभियोगको प्रसंग 

विराटनगर– उपसभामुख इन्दिरा राना मगरविरुद्ध महाअभियोग लगाउने प्रयास भएको विषय

उपसभामुखमात्रै होइन, कोशीका सभामुख पनि हटाउने तयारीमा कांग्रेस–एमाले

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमाले संघीय संसद्को