युभेन्ट्स समूह चरणबाटै बाहिर, पिएसजी १६ मा प्रवेश « Khabarhub

युभेन्ट्स समूह चरणबाटै बाहिर, पिएसजी १६ मा प्रवेश


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बेन्फिकासँग मंगलबार राति ३-२ ले पराजित भएसँगै युभेन्टस च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ।

समूह एच मा पाँच खेलको समाप्तीमा समान ११ अंकसहित पेरिस सेन्ट जर्मन (पिएसजी) र बेन्फिका क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। यस समूहबाट पिएसजी र बेन्फिका अन्तिम १६ मा प्रवेश गरेका हुन्।

तेस्रो स्थानको युभेन्टस र चौथो स्थानको मकाबी हैफाको समान तीन अंक छ। समूह चरणको अन्तिम खेलमा युभेन्टसले पिएसजीको सामना गर्नेछ भने बेन्फिकाले मकाबी हैफाविरुद्ध खेल्नेछ।

पछिल्लो खेलमा मकाबी हैफालाई २-० को नतिजा सुम्पिएसँगै युभेन्टस दबाबमा परेको थियो। युभेन्टसलाई अन्तिम १६ मा प्रवेश गर्नका लागि बेन्फिका र पिएसजीविरुद्ध जित आवश्यक थियो। बेन्फिकासँगको हारपछि युभेन्टसका लागि पिएसजीविरुद्ध समूह चरणको अन्तिम खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ।

१७औं मिनेटमा एन्टोनियो सिल्भाको गोलमा बेन्फिकाले अग्रता लिएको थियो। २१ औं मिनेटा मोइस किनले युभेन्टसलाई खेलमा फर्काएका थिए।

२८औं मिनेटमा मारियो र ३५औं मिनेटमा राफा सिल्भाले समान एक गोल गरेपछि बेन्फिकाले आफ्नो अग्रता ३-१ मा पुर्याएको थियो। ५०औं मिनेटमा राफा सिल्भाले बेन्फिकाका लागि चौथो गोल गरे।

७७औं मिनेटमा मिलिकले युभेन्टसका लागि दोस्रो गोल गरे। त्यसको तीन मिनेटपछि वेस्टन म्याकिनेले युभेन्टसका लागि तेस्रो गोल गरे पनि त्यो खेलमा फर्कन भने पर्याप्त भएन।

समूह एच कै अर्को खेलमा पिएसजीले मकाबी हैफालाई ७-२ ले हरायो। पिएसजीको जितमा लियोनल मेस्सी र केलियन एम्बाप्पेले समान दुई-दुई गोल गर्दा नेयमारले एक गाल गरेका थिए। यस्तै, कार्लाेस सोलरले एक गोल गर्दा एक गोल आत्माघाति रहेको थियो।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  १० : ३० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै