युभेन्ट्स समूह चरणबाटै बाहिर, पिएसजी १६ मा प्रवेश « Khabarhub

युभेन्ट्स समूह चरणबाटै बाहिर, पिएसजी १६ मा प्रवेश


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बेन्फिकासँग मंगलबार राति ३-२ ले पराजित भएसँगै युभेन्टस च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ।

समूह एच मा पाँच खेलको समाप्तीमा समान ११ अंकसहित पेरिस सेन्ट जर्मन (पिएसजी) र बेन्फिका क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। यस समूहबाट पिएसजी र बेन्फिका अन्तिम १६ मा प्रवेश गरेका हुन्।

तेस्रो स्थानको युभेन्टस र चौथो स्थानको मकाबी हैफाको समान तीन अंक छ। समूह चरणको अन्तिम खेलमा युभेन्टसले पिएसजीको सामना गर्नेछ भने बेन्फिकाले मकाबी हैफाविरुद्ध खेल्नेछ।

पछिल्लो खेलमा मकाबी हैफालाई २-० को नतिजा सुम्पिएसँगै युभेन्टस दबाबमा परेको थियो। युभेन्टसलाई अन्तिम १६ मा प्रवेश गर्नका लागि बेन्फिका र पिएसजीविरुद्ध जित आवश्यक थियो। बेन्फिकासँगको हारपछि युभेन्टसका लागि पिएसजीविरुद्ध समूह चरणको अन्तिम खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ।

१७औं मिनेटमा एन्टोनियो सिल्भाको गोलमा बेन्फिकाले अग्रता लिएको थियो। २१ औं मिनेटा मोइस किनले युभेन्टसलाई खेलमा फर्काएका थिए।

२८औं मिनेटमा मारियो र ३५औं मिनेटमा राफा सिल्भाले समान एक गोल गरेपछि बेन्फिकाले आफ्नो अग्रता ३-१ मा पुर्याएको थियो। ५०औं मिनेटमा राफा सिल्भाले बेन्फिकाका लागि चौथो गोल गरे।

७७औं मिनेटमा मिलिकले युभेन्टसका लागि दोस्रो गोल गरे। त्यसको तीन मिनेटपछि वेस्टन म्याकिनेले युभेन्टसका लागि तेस्रो गोल गरे पनि त्यो खेलमा फर्कन भने पर्याप्त भएन।

समूह एच कै अर्को खेलमा पिएसजीले मकाबी हैफालाई ७-२ ले हरायो। पिएसजीको जितमा लियोनल मेस्सी र केलियन एम्बाप्पेले समान दुई-दुई गोल गर्दा नेयमारले एक गाल गरेका थिए। यस्तै, कार्लाेस सोलरले एक गोल गर्दा एक गोल आत्माघाति रहेको थियो।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  १० : ३० बजे

भोजपुर महिला फुटबलमा धरानलाई हराउँदै सङ्खुवासभा-११ फाइनलमा

टक्सार– जिल्ला सदरमुकाममा आयोजित मेयर कप महिला फुटबल प्रतियोगिताअन्तर्गत आज

अब वन क्षेत्रलाई असर गर्नेभए पनि आयोजना सञ्चालन गर्न पाइने

काठमाडौं– अब वन क्षेत्रलाई असर गर्ने भएपनि वन क्षेत्रमा योजना

हुलाकबाट १९ जिल्लामा राहदानीसहितका सरकारी कागजात घरमै पुर्‍याउन थालियो

काठमाडौं– सरकारले सार्वजनिक सेवालाई घरदैलोमै पुर्याउने उद्देश्यले हुलाक सेवामार्फत सरकारी

रक्षा मन्त्रालयको लक्ष्यअनुसार ८० प्रतिशतभन्दा बढी प्रगति

काठमाडौं– रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको त्रैमासिक लक्ष्यअनुसार ८० प्रतिशतभन्दा

अवैध लागूऔषधसहित कैलाली र चितवनबाट पाँच जना पक्राउ

काठमाडौं– कैलालीको बर्दगोरिया गाउँपालिका-१ बौनिया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो