अफ्रिकामा शरणार्थीहरु सङ्कटपूर्ण अवस्था छन् : राष्ट्रसङ्घ | Khabarhub Khabarhub

अफ्रिकामा शरणार्थीहरु सङ्कटपूर्ण अवस्था छन् : राष्ट्रसङ्घ


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जेनेभा – संयुक्त राष्ट्रसङ्घले अफ्रिकी देशहरुमा पछिल्लो समयमा देखिएको राजनीतिकलगायतका सङ्कटका कारण यहाँका शरणार्थीहरुको अवस्था निकै सङ्कटपूर्ण रहेको जनाएको छ। संयुक्त राष्ट्रसङ्घले यहाँ सरकारहरुले राखेका तथ्याङ्कमा भन्दा पनि बढी शरणार्थीहरु रहेका र उनीहरुका समस्या पनि निकै धेरै रहेका बताएको हो।

साथै यहाँ पछिल्ला दिनहरुमा शरणार्थी बढ्दै गएका र आगामी दिनमा यो सङ्ख्या थप बढ्ने चेतावनी पनि संयुक्त राष्ट्रसङ्ले दिएको छ। संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायुक्त फिलिपो ग्रान्डीले सो कुरा बताएका हुन्। उनका अनुसार अफ्रिकी देशहरुमा शरणार्थीहरुको संख्या बढ्दै गएसँगै कतिपय स्थानमा उनीहरुको अवस्था पनि अज्ञात रहेको छ।

सोमालिया र केन्याको पाँच दिने भ्रमण सकेसँगै मङ्गलबार दिएको प्रतिक्रियामा उनले सो कुरा बताएका हुन्। उनले यहाँका शरणार्थीहरुका कैयौँ समस्या रहेका, उनीहरुले सङ्कटपूर्ण अवस्थाबाट दिन काट्नु परिरहेको भन्दै यसका लागि सबैको सहयोग आवश्यक रहेको बताए।

विश्वले नै यो संवेदनशील विषयमा ध्यान दिनु जरुरी छ र विश्वका दाता एवम् अन्य राष्ट्रहरुले सहयोगको हात बढाउनुपर्ने अवस्था छ– उनले भने। सोमालियमा मात्र यस वर्ष कम्तीमा दश लाख नागरिक खडेरीका कारण विस्थापित भएका तथ्याङ्क संयुक्त राष्ट्रसघसँग रहेको उनले बताए।

उच्चायुक्त फिलिपोले सोमालियमा नै आन्तरिक राजनीतिक विवाद र हिंसाका कारण विस्थापित भएकाहरुको सङ्ख्या कम्तीमा पनि पाँच लाख रहेको जानकारी दिए। त्यसैगरी उनले केन्याका दबाद र काकुनामा रहेका शरणार्थी शिविरहरुको भ्रमण गरे। ती शिविरमा रहेका कम्तीमा पनि ५० हजार शरणार्थीलाई तत्कालै अत्यावश्यकीय सहयोगको खाँचो रहेको बताएका थिए।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ११ : ५० बजे

राजा फर्काउने आन्दोलन : सिसिफसको दुःख !

काठमाडौं– नोबेल पुरस्कार बिजेता चर्चित अस्थित्ववादी लेखक अल्बर्ट कामूले ‘द

सुक्खा बन्दरगाह वीरगञ्ज भन्सार कार्यालयमा गाभिँदै

वीरगञ्ज– सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आगामी साउनदेखि वीरगञ्ज भन्सार

भिजिट भिसा प्रकरण : एक हप्तासम्म पनि हुन सकेन बजेटमाथि छलफल

काठमाडौं– उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संघीय संसदमा जेठ १५

युएसएडका सयौँ गाडी र मोटसाइकल थन्किए चोभारमा (तस्बिरहरू) 

काठमाडौं– अमेरिकी सहयोग निकाय युएसएड बन्द हुँदा नेपालमा यस निकायले

दुई करोड बढीको लगानिमा डेरी व्यवसाय

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० झलारीका ललित हमालले दुई दशकअघि साइकलमा दूध