तिहारमा मौलिक परिकार पाक्नै छाड्यो | Khabarhub Khabarhub

तिहारमा मौलिक परिकार पाक्नै छाड्यो


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

खजुरा– तिहारलाई विशेष परिकारको पर्व भन्ने गरिन्छ । चाडपर्वका समयमा सहर बजारमा गाउँघरको जस्तो मौलिक परिकार पाक्नै छोडिसकेका छन् । परिकार बनाउने सीप भएका महिलाले तिहारअघि नै परिकार बनाएर बेच्न थालेका छन् ।

फिनी, सेल रोटी, अनरसा, झिलिङ्गा, खुर्मालगायतका तिहार विशेष परिकार सहजै बजारमा किन्न पाउने भएपछि कामकाजी महिलालाई परिकार बनाउने झन्झट हटेको छ, भने सीप र जागर भएका महिलाले आयआर्जन गर्ने मौका पाएका छन् । नेपालगञ्जस्थित सफल बहुउद्देश्यीय सहकारी संस्थाकी सरस्वती सुवेदीलाई यतिबेला तिहार विशेष सामग्री बेच्न भ्याइनभ्याइ छ ।

बत्तीस सदस्य रहेको सहकारीले बचत र सदस्यहरुमै ऋण लगानी गर्दै आएको छ । विगत एक वर्षदेखि सञ्चालनमा रहेको सहकारी यसैवर्ष दर्ता भयो । पहिलो पटक संस्थामार्फत तिहारका लागि भाइमसला, चामलको साटो र पिठो बिक्री भइरहेको छ । 

नरिवल, ओखरलगायतका १७  सामग्री मिसाएको भाइमसला एक सय ५० देखि एक हजार ५० सम्म बिक्री भइरहेको छ । सधैँ बजारमा गएर तिहार विशेष सामग्री किन्ने संस्थाका सदस्य यसपटक घरमै तयार गरेर बिक्री गरिरहेका छन् । सामग्री धमाधम बिक्री हुन थालेपछि यो काममा उत्साह थपिएको उनको भनाइ छ ।

उनी जस्तै नेपालगञ्जका सीप र जाँगर भएका अन्य महिलाले सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरेर तिहार विशेष परिकार बिक्री गरिरहेका छन् । यस्ता महिलाको उत्पादनलाई बजारीकरण गर्न महिला उद्यमी सङ्घ बाँके र नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरेको कोसेली घरले सघाउँदै आएको महिला उद्यमी सङ्घ बाँकेका महासचिव सुनिता पाण्डेले बताए । 

नेपालगञ्जमा विगत पाँच वर्षदेखि कोसेली घरले महिला उद्यमीले उत्पादन गरेका विभिन्न मौलिक सामग्री बजारीकरणमा सघाउ पुर्‍याउँदै आएको छ । यसपटक पनि फिनी, सेल रोटी, अनरसा, झिलिङ्गा खुर्मालगायतका तिहार विशेष परिकार बिक्रीमा राखिएको छ । 

चाडवाडमा अधिकांशको घरमा यी परिकार अनिवार्यरूपमा पाक्ने गर्छन् । तिहार परिकारको पर्व पनि हो । तर कामकाजी महिलालाई कामबाट फुर्सदलिएर परिकार बनाउनुपर्ने झन्झट रहेकोमा तयारी परिकार नै किन्न पाइने भएपछि सहज भएको भेरी नर्सिङ कलेजका सञ्चालक रेवती सिंहले बताए ।

उनी जस्तै नेपालगञ्जकी महिला नेत्री नितु चन्दलाई पनि घरकै स्वादमा तयारी परिकार पाउन थालेपछि सहज भएको बताउँछन् । कामकाजी महिलालाई तयारी परिकारले एकातिर सहजता थपिएको छ, भने अर्कोतिर चाडवाडमा हातमा सीप भएका गृहिणी महिलाले रोजगारी समेत पाउन थालेका छन् ।

गतवर्ष कोशेली घरमार्फत करिब ४० हजार बराबरको परिकार बिक्री भएको महिला उद्यमी संघ बाँकेका उपाध्यक्ष सावित्रा बस्नेतले जानकारी दिए । परिकार खेर जान नदिन कोशेली घरले माग अनुसार महिलाहरूलाई उत्पादनको काम दिने गरेको छ। गतवर्ष २  महिलालाई तिहार विशेष परिकार बिक्रीका लागि जिम्मा दिएकोमा यसवर्ष माग बढेपछि १० जनाले यो काम पाएको उनको भनाई छ । 

चाडपर्वमा पाक्ने मौलिक परिकार केही समय यता शहरमा देखिन छोडिसकेका थिए । सिप भएका महिलाहरूले व्यवसायका रुपमा गर्न थालेपछि विभिन्न समुदायका मौलिक परिकारबारे नयाँ पुस्ताले जान्ने अवसर पाएका छन् भने महिलाका आयआर्जनमा थप टेवा पुगेको छ ।


प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  २ : ४२ बजे

‘नो प्लाष्टिक जोन’ कार्यान्वयन गर्ने कांग्रेसको घोषणा

काठमाडौं– नेपाली कांग्रेसले पार्टीका सबै तहका कार्यालयहरूलाई प्लाष्टिकरहित क्षेत्र (नो

सरकारी कर्मचारीले अनिवार्य स्वास्थ्य बीमा गर्नुपर्ने नियम ल्याउँदै मन्त्री पौडेल

काठमाडौं– सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गर्न स्वास्थ्य तथा जनसङ्ख्या

सशस्त्रका दुई गोताखोर सप्तकोसीमा डुबेको घटनाबारे बुझ्न हलचोक पुगे गृहमन्त्री लेखक

काठमाडौं- गृहमन्त्री रमेश लेखकले सप्तकोसीमा सशस्त्र प्रहरी बल नेपालका दुई

नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह

काठमाडौं– गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दाबारे गगन- अब त्यो अदालतको विषय भइसक्यो

विराटनगर- सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार