कञ्चनपुरका बजारमा चहलपहल बढ्दो « Khabarhub

कञ्चनपुरका बजारमा चहलपहल बढ्दो


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालीहरुको महान चाड दीपावलीले कञ्चनपुरका साना ठूला बजारमा चहलपहल बढेको छ । पछिल्ला केही दिनयता तिहारका लागि सामान किनमेल गर्नेको बजार क्षेत्रमा बाक्लो भीड लाग्ने गरेको छ । तिहारमा प्रयोग हुने सामान झिलिमिली बत्ती, तामा र पित्तलका भाँडा, दियो, माला, सप्तरङ्गी टीकालगायतका सामग्री यतिबेला बजारमा जहातहीँ बेच्न राखिएका छन् ।

अन्य समयको तुलनामा चाडबाडमा किनमेल गर्नेको सङ्ख्या बढी हुनाले व्यापार राम्रो हुने गरेको महेन्द्रनगरका व्यापारी सीताराम धामीले बताए । “तिहारले मानिसको बजारमा ओहोरदोहोर बढेको छ, लुगाकपडा तथा सामान किनमेल गर्ने हुनाले यो समयमा व्यापार राम्रै हुन्छ”, उनले भने ।

भीमदत्त नगरपालिका–९ स्थित पुरानो बजार ब्रह्मदेवका व्यापारी सुनिलदत्त जोशी बजारमा मानिसको चहलपहल बढेकाले व्यापार हुनेमा खुसी छन् । “व्यापार भारतीय ग्राहकमा निर्भर रहन्छ, चाडबाडले अहिले ग्राहक धेरै आइरहेका छन्”, उनले भने, “अन्य दिनको तुलनामा कारोबार बढ्ने अनुमान गरेका छौँ ।” कोरोना महामारीले धरासायी बनेको व्यापार चाडबाडले चलायमान बनाउने ब्रह्मदेवकै व्यापारी गोपालसिंह धामीको आशा छ ।

“कोरोनापछि चहलपहल हुन सकेको थिएन, व्यापार शून्य भएर व्यवसायी विस्थापित भए”, धामीले भने, “कोरोनाको डरले मानिस बाहिर निस्केनन्, अहिले व्यापार राम्रै भइरहेको छ ।” कोरोनापछि थलिएको व्यापार विस्तारै चलायमान बन्दै गएको ब्रह्मदेव बजार व्यवस्थापन समितिका अध्यक्ष मोहनदेव पन्तले बताए ।

“कोरोनापछि अपेक्षाकृत हिसाबले व्यापार उठ्न सकेको छैन, चाडबाडमा चहलपहल बढेकोले विस्तारै व्यापार चलायमान बन्दै गएको छ”, उनले भने, “विगतमा कोरोनोले दसैँ, तिहारमा पनि व्यापार शून्य जस्तै थियो, यसपटक राम्रै व्यापार हुने अपेक्षा लिएका छौँ ।”

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ३ : १६ बजे

थापाथलीका सुकुमबासी बस्ती खाली, ६ परिवार दशरथ रंगशालामा स्थानान्तरण

काठमाडौं– थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली गरिएको

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि चीनका

पदको रवाफ देखाउने सांसदलाई कारबाही हुनुपर्छ : महावीर पुन

काठमाडौँ– प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले सांसदहरू जनताको सेवक भएको

स्वास्थ्य मन्त्रालयमा ११औँ तहका उच्च अधिकारीको हेरफेर, प्रवक्तामा यसोदा अर्याल नियुक्त

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य समूहका एघारौँ तहका अधिकृतहरुको

नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड

काठमाडौँ– बङ्गलादेशस्थित नेपाली दूतावासले शुक्रबार साँझ बङ्गलादेशको रङ्गपुरमा ‘नेपाल–बङ्गलादेश सम्बन्ध