२० किलो गाँजासहित बाराबाट पाँच जना पक्राउ « Khabarhub

२० किलो गाँजासहित बाराबाट पाँच जना पक्राउ


१० कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २० किलो अवैध गाँजासहित बारा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका वडा नम्बर ५ स्थित घुसुकपुर टोलबाट प्रहरीले पाँच पक्राउ गरेको हो ।

स्थानीय सुनिता देवी साहले सञ्चालन गर्दै आएको पसलबाट गाँजाको कारोबार गर्ने गरेको सूचनाका आधारमा प्रहरी खानतलासी गर्न पुगेको थियो ।

सो क्रममा २० किलोग्राम गाँजासहित महागढीमाई नगरपालिका वडा नम्बर १ प्रतिमा देवी पटेल र करैयामाई गाउँपालिका वडा नम्बर १ का सफि अन्सारी, पचरौता नगरपालिका वडा नम्बर ३ का उपेन्द्र पटेल, सौखीलाल प्रसाद यादव र भारतीय नागरिक सेराज आलमलाई पक्राउ गरिएको प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिए । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहीबार  ७ : १४ बजे

बंगलादेश टी–२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डलाई अवसर

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशलाई टी–२० विश्वकप

हामी देश बनाउने अभियानमा छौँ : ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार

समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक