सैनिक परिचालन सकिएको रुसी घोषणा, जेलेन्स्कीद्वारा आशंका व्यक्त « Khabarhub

सैनिक परिचालन सकिएको रुसी घोषणा, जेलेन्स्कीद्वारा आशंका व्यक्त


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुसले सैनिक परिचालन सकिएको घोषणा गरेको छ । युक्रेनमा आक्रमण जारी रहेका बेला केही समयअघि रुसले सैनिक परिचालनको घोषणा गरेको थियो । दोस्रो विश्वयुद्धयता पहिलोपटक रुसले घोषणा गरेको परिचालनका क्रममा ३ लाख सैनिकलाई तैनाथ गर्ने योजना रहेको थियो ।

शुक्रबार रुसी रक्षामन्त्री सर्गेई सोइगुले राष्ट्रपति भ्लादिमिर पुटिनसँग क्रेमलिनमा भेट गर्दै सैनिक परिचालन सम्पन्न भएको जानकारी गराएका छन् । टेलिभिजनमार्फत् प्रसारित उक्त भेटवार्तामा सोइगुले ३ लाख सैनिक परिचालन गर्ने लक्ष्य पूरा भएको पुटिनलाई जानकारी गराएका थिए ।

साथै उनले ८२ हजार सैनिकलाई लडाईँ भइरहेको क्षेत्रमा पठाइसकिएको समेत पुटिनलाई जानकारी गराएका थिए । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार सोइगुले परिचालनमा सहभागि बाँकी सैनिकहरुले हाल तालिम प्राप्त गरिरहेको पुटिनलाई जानकारी गराएका छन् ।

सैनिक परिचालनबारे अब थप कुनै कदमको योजना नरहेको समेत सोइगुले स्पष्ट पारेका छन् । जवाफमा पुटिनले परिचालित सैनिकहरुलाई देशभक्ति र देशको रक्षा गर्ने उनीहरुको दृढताका लागि धन्यवाद समेत दिएका छन् ।

यसअघि रुसले सैनिक परिचालनको घोषणा गरेसँगै रुसमा प्रदर्शनको लहर छाएको थियो भने हजारौँ रुसी नागरिकहरु विदेश पलायन भएका थिए । रुसमा सैनिक परिचालनको घोषणालाई निकै विवादास्पद र संवेदनशील मानिएको छ । यसबाहेक परिचालनको सुरुवाती चरणमा परिचालित सैनिकलाई बन्दोबस्ती एवम् हातहतियारको पनि अभाव देखिएको तथा उनीहरुको अनुशासनमा पनि कमीकमजोरी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका थिए ।

भेटवार्ताका क्रममा राष्ट्रपति पुटिन र रक्षामन्त्री सोइगु दुबैले परिचालनका सुरुवाती चरणमा केही ‘समस्या’ देखिएको स्वीकार गरेको जनाइएको छ । यद्यपि बन्दोबस्तीको समस्या हाल समाधान गरिएको सोइगुले पुटिनलाई जानकारी गराएका छन् । जवाफमा पुटिनले रुसले निकै लामो समयबाट सैनिक परिचालन नगरेका कारण केही कमजोरी देखिनुलाई स्वभाविक रुपमा लिएको बताएका थिए । यद्यपि यसबाट पाठ सिकिएको समेत उनले टिप्पणी गरेका छन् ।

गत फेब्रुअरी महिनायता युक्रेनमा सञ्चालन गरिको ‘विशेष सैनिक अभियान’ मा अपेक्षाकृत सफलता हासिल गर्न नसकेपछि रुस सैनिक परिचालन गर्न बाध्य भएको हो ।

यता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने रुसले सैनिक परिचालन सम्पन्न गरेकोमा आशंका व्यक्त गरेका छन् । रात्रिकालीन नियमित टेलिभिजन सन्देशका क्रममा उनले रुसी सैनिकको तयारी निकै कमजोर रहेको टिप्पणी गरेका छन् । यसबाट युद्धमा होम्न रुसलाई चाँडै नयाँ जनशक्ति चाहिने समेत आफूहरुको अपेक्षा रहेको जेलेन्स्कीको टिप्पणी छ ।

अर्कोतर्फ अमेरिकाले युक्रेनलाई थप २७ करोड ५० लाख अमेरिकी डलर बराबरको सैन्य सहयोग गर्ने घोषणा गरेको छ । नयाँ अमेरिकी सहयोगमा अमेरिकी रक्षा प्रशासन पेन्टागनको सञ्चितीमा रहेका हतियार, गोलिगठ्ठा र अन्य सैन्य उपकरण समेत रहेको रोयटर्सले जनाएको छ । यससँगै अमेरिकाले हालसम्म युक्रेनलाई १८ अर्ब ५० करोड डलर बराबरको सैन्य सहयोगको घोषणा गरिसकेको छ ।

त्यस्तै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनलाई थप परिपक्व हवाई प्रतिरक्षा प्रणाली सहयोग गर्ने विषयमा पनि तयारी भइरहेको जनाएका छन् । उनले ‘नासाम्स’ नामक हवाई प्रतिरक्षा प्रणाली युक्रेनतर्फ पठाउने विषयमा काम भइरहेको जनाएका हुन् ।

यसबाहेक अमेरिकाका साझेदारहरुसँग रहेका हवाई प्रतिरोधी प्रणाली पनि युक्रेनलाई सहयोग गर्ने विषयमा अमेरिकाले काम गरिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ४ : ४२ बजे

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको

तीन दिनसम्म वर्षाको सम्भावना, लगातार झरी नपर्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले तीन दिनसम्म वर्षाको सम्भावना

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने