रियल मड्रिड जिरोनासँग बराबरीमा रोकियो | Khabarhub Khabarhub

रियल मड्रिड जिरोनासँग बराबरीमा रोकियो


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा महारथि क्लब रियल मड्रिड जिरोनासँग १-१ गोलको बराबरीमा रोकिएको छ ।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा आइतबार राति भएको खेलमा अग्रता जोगाउन नसक्दा रियलले दोस्रो स्थानको बार्सिलोनासँगको दूरी बढाउन सकेन ।

पहिलो हाफ गोलरहित बराबरीमा समाप्त हुँदा खेलको ७०औं मिनेटमा भिनीसियस जुनियरले अग्रता दिलाएका थिए । तर, ८०औं मिनेटमा क्रिस्टियन स्टुआनीले गोल गर्दै जिरोनाको हार टारे । रियल अन्तिम समयमा १० खेलाडीमा सिमित भएको थियो । उसका टोनी क्रुसले रातो कार्ड पाएका थिए ।

यद्यपि, रियल १२ खेलमा ३२ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । जिरोना १० अंक जोडेर १६ औं स्थानमा छ ।

राति नै भएको अर्को खेलमा एथलेटिको क्लबले भिल्लारियललाई १ ० ले पराजित गरेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ८ : ४६ बजे

वर्षाले नारायणघाट–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध

नवलपरासी– शनिबार रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल

बागवानीको लिची २८ लाख रुपैयाँमा ठेक्का

सर्लाही– उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरले अहिलेसम्मकै बढी मूल्यमा लिची

स्टार डम भित्र लुकेको दन्त्यकथा जस्तै अपराध अभियोग

सोमबार अमेरिकी हिपपका लागि पक्कै खराबको दिन हुन सक्छ। धेरैले

कृषिसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।

आमाबुबाको अत्तोपत्तो नभएपछि नागरिकताबाट वञ्चित

सुनसरी– नेपालको नागरिकताका लागि सरकारले १६ वर्ष उमेर कायम गरेको