टोरिनोसँग मिलान पराजित | Khabarhub Khabarhub

टोरिनोसँग मिलान पराजित


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साविकको विजेता एसी मिलान इटालियन सिरी ए अन्तर्गत आइतबार राति टोरिनोसँग २-१ को अप्रत्यासित हार बेहोर्न पुगेको छ। यस हारसँगै मिलानले शीर्ष स्थानको नेपोलीसँगको अंकदुरी कम गर्ने अवसर गुमाएको हो।

खेलमा सुरुआती अग्रता टोरिनोले नै लियो। ३५औं मिनेटमा कोफी डिजीडिजीको गोलमा टोरिनोले अग्रता लियो। त्यसको दुई मिनेटपछि नै एलेक्से मिरानचुकले टोरिनोको अग्रता दोब्बर पारेका थिए।

६७औं मिनेटमा जुनियर मेसियासले गोल गर्दै मिलानलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर, त्यसपछि कुनै गोल सम्भव भएनन्।

यससँगै मिलानको १७ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ। यसक्रममा मिलानले १२ खेल जितेको थियो भने पाँच खेल बराबरीमा टुङ्गाएको थियो।

मिलान १२ खेलमा २६ अंकसहित तेस्रो स्थानमा छ। जुन शीर्ष स्थानको नेपोलीभन्दा ६ र दोस्रो स्थानको एट्लान्टाभन्दा एक अंकले कम हो।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ९ : २६ बजे

आशा जगाउँदै जेन-जी मन्त्री गुप्ता

काठमाडौं– जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकार गठनको दुई महिना पुगेको छ

राष्ट्रलाई संकटबाट मुक्त गर्न एमालेको भूमिका सशक्त : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रलाई संकटबाट

त्रिपुरासुन्दरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन प्रमुख

प्रचण्ड-माधव नेतृत्वको नेकपालाई केपी ओलीले दिए वृद्धाश्रमको संज्ञा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकम दाहाल प्रचण्ड