विराटनगरले दियो रुपन्देहीलाई ९४ रनको लक्ष्य « Khabarhub

विराटनगरले दियो रुपन्देहीलाई ९४ रनको लक्ष्य


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गत आफ्नो पहिलो खेलमा विराटनगर किङ्सले रुपन्देही च्यालेन्जर्सलाई ९४ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ ।

फाप्ला क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको विराटनगरले ब्याट्सम्यान चल्न नसक्दा कम योगफलमा समेटियो । निर्धारित २० ओभर पुरा खेल्दै ९ विकेट गुमाएर विराटनगरले ९३ रन मात्रै बनाउन सक्यो ।

विराटनगरका लागि नटआउट रहेका राजेश पुलामि मगरले १७ रन, असदुल्ला खानले १६ रन बनाए भने कुशल भुर्तेलले १२ तथा साम्सद शेखले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले राम्रो रन जोड्न सकेनन् ।

विराटनगरविरुद्ध रुपन्देहीका बलरले उत्कृष्ट प्रदर्शन गर्दै ९३ रनमा समेट्न सफल भए । जसमा रुपन्देहीका लागि भारतीय खेलाडी पुनित मेहराले ४ ओभर बलिङ गर्दै १ मेडन ओभर राख्दै २० रन खर्चेर ३ विकेट लिए ।

त्यस्तै, समान ४ ओभर बलिङ गरेका ललितनारायण राजवंशी र कप्तान वसन्त रेग्मीले समान २—२ विकेट लिए । पहिलो खेलमा म्यान अफ दी म्याच घोषीत विक्रम शोव र कृष्ण कार्कीले समान १—१ विकेट लिए ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  २ : ५७ बजे

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा

आइसल्यान्डविरुद्ध अर्जेन्टिना सजिलै विजयी, मेस्सीले पनि गरे गोल

काठमाडौं- विश्वकपको अन्तिम तयारीमा रहेको अर्जेन्टिनाले आइसल्यान्डलाई ३–० अन्तरमा सजिलै

२५ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका