नेताहरूको अदूरदर्शीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या « Khabarhub

नेताहरूको अदूरदर्शीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रूपन्देहीका उद्योगी व्यवसायीले राज्यका लागि आफूहरु कर असुल्ने ठाउँ मात्रै रहेको भन्दै दुखेसो पोखेका छन् । निजी क्षेत्र तथा संघ संस्थाहरुसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागी उद्योगी व्यवसायीहरूले बैंकहरूले अत्याधिक ब्याज बढाउँदा पनि राज्य कानमा तेल हालेर बसेको आरोप लगाए ।

संयुक्त निर्वाचन प्रचार प्रसार समितिले भैरहवामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरूले पर्यटक आगमनमा सीमा लगाउने, एयरपोर्टमा अर्बौं लगानी गरेर सञ्चालनमा नल्याउने, निजी क्षेत्रले ऋण लिएर केही गर्न खोज्दासमेत बैंकले शोषण गर्ने, कच्चा पदार्थ ल्याउनुभन्दा तयारी बस्तु ल्याउँदा कम भन्सार लगाउने जस्ता नीति छन् । यस्ता कारणले नै आर्थिक संकटको सुरुवात भएको उनीहरूको भनाइ छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म न्यौपानेले नेताहरू दूरदर्शी नहुँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या सृजना भएको बताए । उनले भैरहवामा जतिसक्दो छिटो आईसीपी बनाउनुपर्ने, बैंकिङ ब्याजदर तत्काल घटाउनु जरुरी रहेको बताए ।

उद्योग व्यापार संगठनका अध्यक्ष अनिल ज्ञवालीले नेपाल आउने सामानको भन्सार नगरे पनि सीमाविन्दुमा लेखाजोखा राखे पनि केही हदसम्म नियन्त्रण हुने, सरकार नै उद्योगी व्यवसायीलाई धराशायी बनाउनेतर्फ लागेकोले अब सरकारविरुद्ध आन्दोलन गरी बैंकहरूमा समेत ताला लगाउनुपर्ने बताए । 

कार्यक्रममा बोल्दै नेपाल होटल एशोसियनका चन्द्र प्रकाश श्रेष्ठले बैंकले ८ प्रतिशतमा दिएको ब्याज १८ प्रतिशतमा पुर्‍याउनु शोषण नै रहेको भन्दै यसमा पनि सरकारको मिलामतोको आशंका गरे । 

गैसस महासंघका केन्द्रीय सदस्य, होटल तथा रेस्टुरेन्ट व्यवसायी  संगठन रूपन्देही अध्यक्ष बिस्नु न्यौपाने, मदिरा  व्यवसायी संघका अध्यक्ष केशवराज ज्ञवाली, ट्रान्सपोर्ट व्यवसायी रामकृष्ण लोहनी, व्यवसायी  नेत्रप्रसाद आचार्यलगायतले देशमा आर्थिक सुशासनमा जोड दिए । 

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १२ : ४१ बजे

काठमाडौँ उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत

ललितपुर– बर्डफ्लु सङ्क्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि काठमाडौँ

यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

क्वार्टरफाइनल समीकरण पूरा, कुन टिम कोसँग ?

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा क्वार्टरफाइनल समीकरण पूरा भएको

कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै