महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा एसले मित्रवत प्रतिस्पर्धा गर्ने « Khabarhub

महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा एसले मित्रवत प्रतिस्पर्धा गर्ने


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – महोत्तरी गठबन्धनले क्षेत्र नम्बर १ (क) मा लोसपाका पिताम्बर महतोलाई साझा उम्मेदवार बनाएता पनि नेकपा एसले मित्रवत् प्रतिस्पर्धा गर्ने भएको छ ।

नेकपा एसका अध्यक्ष माधव नेपालको निर्देशनमा सुरेश राउतले गठबन्धनसँग मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको बताएका हुन् ।

गठबन्धनभित्रैबाट प्रदेशसभा (क) मा २ जना प्रतिस्पर्धी बन्ने भएका छन् । गठबन्धनभित्रका दल नेकपा एस र लोसपाको फरक(फरक उम्मेदवारको मनोनयन दर्ता भएपछी गठबन्धनले केहीदिन अगाडी लोसपाका उम्मेदवारलाई वैधता दिने निर्णय गरेको थियो ।

चुनावी प्रचारप्रसारमा निक्कै अगाडी बढीसकेको र मतदाताहरुमा अन्यौल सिर्जना नहोस भन्ने उदेश्यले मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरिएको उम्मेदवार सुरेश राउतले जानकारी दिए ।

प्रतिनिधिसभाका साझा उम्मेदवार गिरिराजमणी पोखरेललाई नै भोट मागिरहेको र प्रदेशमा भने आफ्नै लागि भोट मागेको उनको भनाइ छ ।

राउतको मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णयले साझा उम्मेदवार पिताम्बर महतोलाई चुनौती थपिएको छ । गठबन्धनभित्रैको दलले छुट्टै उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा उतारेपछि महतोलाई चुनौति थपिएको नेता बताउँछन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ८ : ३३ बजे

जुम्लामा एक सय बाइस जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया

जुम्ला – जुम्लामा १२२ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ

नयाँ बसपार्कबाट यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न तीन दिनको समय

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन

इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको धम्की

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि उसको

राष्ट्रिय जुनियर टेनिसमा दर्शिल र सारालाई स्वर्ण पदक

कास्की – पोखरामा पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता

नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं – नेपाल विद्यार्थी संघले गृहमन्त्री सुधन गुरुङको विषयलाई लिएर