पाँच वर्षमा वार्षिक २५ लाख पर्यटक भित्र्याउने एमालेको योजना | Khabarhub Khabarhub

पाँच वर्षमा वार्षिक २५ लाख पर्यटक भित्र्याउने एमालेको योजना


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)ले आगामी पाँच वर्षभित्र वार्षिक २५ लाख विदेशी पर्यटक पु¥याउने महत्वकांक्षी घोषणापत्र ल्याएको छ ।

आगामी निर्वाचनका लागि पार्टीको चुनावी घोषणपत्र आज सार्वजनिक गर्दै एमालेले गुणस्तरीय पर्यटकको सङ्ख्यामा वृद्धि गर्दै पर्यटकको सङ्ख्या वार्षिक २५ लाख पु¥याउने नीति लिएको हो । नेपाललाई आकर्षक अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना बनाएको एमालेले विश्व बजारमा पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।

‘पर्यटन र संस्कृतिः राष्ट्रको समुन्नति’ भन्ने नाराका साथ पर्यटकीय गन्तव्यको प्रचारप्रसार गरी पर्यटकको बसाइ अवधि लम्ब्याउन र प्रतिपर्यटक खर्च वृद्धि गर्न पर्यटनका पूर्वाधार निर्माण तथा सुधार गरिने एमालेको योजना छ । ‘पर्यटन सेवाको विस्तार गरिने छ । नेपाली कूटनीतिक नियोगलाई पर्यटन प्रवर्द्धनमा परिचालन गरी पर्यटनसम्बन्धी उच्च अध्ययन र आवश्यक जनशक्ति तयार गर्न विश्वविद्यालय स्थापनासहित आवश्यक व्यवस्था गरिने छ’, घोषणापत्रमा भनिएको छ ।

पदयात्रा, हिमाल आरोहण तथा होमस्टे केन्द्रित कार्यक्रमलाई स्तरीकरण गरिनुका साथै प्राकृतिक, पर्यावरणीय, साहसिक, आरोग्य सेवा, धार्मिक, सांस्कृतिक, कृषि तथा मनोरञ्जनका विधामा पर्यटनको पहिचान, प्रवर्द्धन, विकास र संरक्षण गर्ने एमालेको नीति छ । त्यसैगरी सेवा उद्योगको विकास र विस्तारमा तीव्रता ल्याई होटल, रेस्टुरेण्ट एवं हवाई सेवालगायत पर्यटन पूर्वाधार निर्माणलाई गतिशील बनाउने योजना रहेको छ ।

जैविक र पर्यावरणीय विविधतासहितको इको टुरिजमलाई प्रवर्द्धन गरिनुका साथै नेपाली चलचित्रको प्रवद्र्धन, विकास र विस्तार गर्ने योजना बनाएको एमालेले सम्भावनाका आधारमा सबै प्रदेशमा फिल्मसिटी निर्माण गरिने घोषणपत्रमा प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ९ : २५ बजे

आज तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

जुम्लामा १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार

जुम्ला– जुम्लामा यस वर्षको दशैँको समयमा मात्रै १६ करोड रुपैयाँ

अवैध काठ ओसारपसारमा संलग्न ट्याक्टरसहित एकजना पक्राउ

कपिलवस्तु– कपिलवस्तुको विजयनगर गाउँपालिका–६ जुडपनीयाबाट सिसौँको काठ ‘लोड’ गरिएको ट्याक्टरसहित

दशैँ टीकाको आज तेस्रो दिन, आशीर्वाद थाप्ने क्रम जारी  

काठमाडौं– आज दशैँ टीकाको तेस्रो तथा आश्विनशुक्ल द्वादशीका दिन मान्यजनबाट

गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै

काठमाडौं– रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले