आगामी निर्वाचन : मतदाता रिझाउँदै उम्मेदवार | Khabarhub Khabarhub

आगामी निर्वाचन : मतदाता रिझाउँदै उम्मेदवार


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बैतडी– आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिएसँगै बैतडीका राजनीतिक दलले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवार बनेकाहरू मतदाताको घरदैलोमै पुगेर मत मागिरहेका छन् ।

 उम्मेदवार विभिन्न आश्वासन दिँदै मतदातालाई रिझाउनमा व्यस्त छन् । चुनावी प्रचारमा जुटेका उम्मेदवारसहित दलका नेता, कार्यकर्ता घरदैलो तथा गाउँघरमा देखिन थालेका छन् । मतदाताका माग र उनीहरूको समस्या बुझ्नमै व्यस्त छन् ।

सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का नरेन्द्र कुँवरले घरदैलो अभियान र अगुवा कार्यकर्ता भेटघाटलाई तीव्रता दिएको बताए । उनले भने, ‘घरदैलो र भेटघाटका क्रममा गठबन्धनको आवश्यकताबारे मतदातालाई जानकारी दिने गरेका छौँ, उनीहरूको माग र समस्याका बारेमा पनि बुझने गरेका छौँ ।’

नेकपा (एमाले) ले पनि घरदैलो अभियान र कार्यकर्ता भेटघाटलाई तीव्रता दिएको छ । सङ्घ र प्रदेशको छुट्टाछुट्टै टोली बनाएर घरदैलो अभियान सञ्चालन गरिएको एमाले बैतडीका सचिव चक्र कार्कीले जानकारी दिए। उनले भने, ‘घरदैलो अभियान अन्तिम चरणमा छ ।’

राप्रपाले पनि जनताको माग र आवश्यकता बुझ्न घरदैलो अभियान सञ्चालन गरेको उक्त पार्टीका जिल्ला अध्यक्ष तथा प्रदेशसभाका समानुपातिक उम्मेदवार इन्द्रदेवशरण भट्टले बताए । उनले भने, ‘तल्लोस्वराड क्षेत्रलाई बढी केन्द्रित गरेर घरदैलो अभियान सञ्चालन गरेका छौँ, त्यसपछि अन्य ठाउँमा पनि घरदैलो गर्छौँ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि घरदैलो अभियानमा व्यस्त रहेको जनाएको छ । उक्त पार्टीका सुदूरपश्चिम सचिव भोजराज जोशीका अनुसार भोट माग्न उम्मेदवारसहित घरदैलो अभियान जारी छ । उनले भने, ‘घरदैलोमै पुगेर उनीहरूका समस्याका बारेमा बुझिरहेका छौँ । उनीहरूकै मागका आधारमा हामीले भावी योजना बनाउँछौँ ।’

गएको वैशाख ३० गतेको निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई आधार मान्दा बैतडीमा गठबन्धन बलियो अवस्थामा छ । सत्ता गठबन्धनमा रहेको कांग्रेसको ३३ हजार छ सय ८३, माओवादीको १४ हजार नौ सय ९८, एकीकृत समाजवादीको तीन हजार एक सय ४० मत छ । एमालेको ३५ हजार ४८ र राप्रपाको दुई हजार चार मत छ ।

यसैबीच जिल्ला निर्वाचन कार्यालयले सबै दल र उम्मेदवारलाई निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरेको छ । उम्मेदवारलाई चुनावी प्रचारमा जाँदा १० भन्दा बढी झण्डा, २५ भन्दा धेरै व्यक्ति, बाजासहितको भीडभाडमा आयोगले रोक लगाएकाले आचारसंहिताविपरीतका गतिविधि नगर्न आग्रह गरेको छ । 

यसैगरी बैतडीका उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउने सीमा तोकिएको छ । आयोगले प्रतिनिधिसभाका सदस्य उम्मेदवारले ३३ लाख, प्रदेशसभा-१ का उम्मदेवारले २१ लाख र प्रदेशसभा-२ का उम्मेदवारले २३ लाखसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको हो ।

बैतडीमा प्रतिनिधिसभा सदस्यका लागि तीन स्वतन्त्रसहित ११ जना चुनावी मैदानमा छन् । यस्तै क्षेत्र नं १ ‘क’ मा एक स्वतन्त्रसहित छ जना र क्षेत्र नं १ ‘ख’ मा पाँच जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभाका लागि एकमात्र क्षेत्र रहेको बैतडीमा एक लाख ५० हजार एक सय ५६ मतदाता छन् । 

 

 

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ११ : २४ बजे

आज तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

जुम्लामा १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार

जुम्ला– जुम्लामा यस वर्षको दशैँको समयमा मात्रै १६ करोड रुपैयाँ

अवैध काठ ओसारपसारमा संलग्न ट्याक्टरसहित एकजना पक्राउ

कपिलवस्तु– कपिलवस्तुको विजयनगर गाउँपालिका–६ जुडपनीयाबाट सिसौँको काठ ‘लोड’ गरिएको ट्याक्टरसहित

दशैँ टीकाको आज तेस्रो दिन, आशीर्वाद थाप्ने क्रम जारी  

काठमाडौं– आज दशैँ टीकाको तेस्रो तथा आश्विनशुक्ल द्वादशीका दिन मान्यजनबाट

गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै

काठमाडौं– रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले