ठाडी भन्सारमा उठेन लक्ष्यअनुसार राजस्व « Khabarhub

ठाडी भन्सारमा उठेन लक्ष्यअनुसार राजस्व


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गोलबजार– सिरहाको भगवानपुर गाउँपालिका-४ मा अवस्थित ठाडी भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व उठाउन सकेको छैन । आर्थिक वर्ष २०७८/७९ मा १३ करोड दुई लाख ८१ हजार पाएको लक्ष्य तीन करोड ८३ लाख ९२ हजार ९३ उठाउन सकेको हो ।

त्यो लक्ष्यभन्दा रु १० करोड कम हो । ठाडी भन्सार कार्यालय प्रमुख धुव्रप्रसाद कोइरीले भन्सारबाट बढी मात्रामा टायल्स, मार्बल र भारतीय गाडी भित्रने र राजस्व उठ्ने गरेको तथा निर्यात शून्य अवस्थामा रहेको बताए ।

चालु आव २०७९/०८० मा  ११ करोड ४३ लाख ६७ हजार राजस्व उठाउने कार्यालयको लक्ष्य रहेकामा असोजसम्म एक करोड १५ लाख २४ हजार छ सय ४१ राजस्व उठाउन सकिएको छ ।

कार्यालयले पाएको लक्ष्य पूरा गर्न चुनौती रहेको जनाउँदै अवैधरुपमा भन्सार छली गरी ल्याएको समान जफत गरिएको र चोरी पैठारीसम्बन्धी एक सय ६८ मुदा दर्ता भएको कार्यालय प्रमुख काइरीले बताए । 

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  २ : ०८ बजे

किन ओरालो प्रवृत्ति थामिएन नेप्सेमा ?

काठमाडौं– साताको तेस्रो कारोबारको दिन बुधबार पनि नेपाल स्टक एक्सचेञ्ज

३६ दिनपछि तातोपानी नाका आंशिक रूपमा सञ्चालनमा

काठमाडौं– नेपाल-चीन व्यापारको सबैभन्दा छोटो र महत्त्वपूर्ण उत्तरी नाका तातोपानी

एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच साझेदारी, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

काठमाडौं– एनसेल र नेपाल मेडिसिटी अस्पतालले एनसेलका ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

ग्लोबल आइएमई बैंकले ल्यायो विशेष अटो लोन सुविधा

काठमाडौं– नयाँ सवारीसाधन खरिद गर्ने तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै

सङ्खुवासभा गोल्डकप फुटबल आगामी कात्तिकमा

सङ्खुवासभा– सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा सङ्खुवासभा गोल्ड कप फुटबल प्रतियोगिता