कमला नदीमा स्नान गर्नेको घुइँचो « Khabarhub

कमला नदीमा स्नान गर्नेको घुइँचो


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


720
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– सिरहा र धनुषाको सिमाना स्थित कमला नदीमा भूत मेला लागेको छ । आज नदी किनारमा बिहानैदेखि स्नान गर्ने श्रद्धालुको घुइँचो लागेको छ ।

कमलाको उत्तराहिनी , सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाटमा भक्तजनको भीड नै लागेको छ ।  कार्तिक पूर्णिमामा कमलामा स्नान गर्नाले भूतबैताल भाग्ने र धामी-झाँक्रीले तान्त्रिक सिद्धिप्राप्त गर्ने जनविश्वास रहेको छ ।

बर्सेनि धामी-झाँक्रीले भूत र घरको कुलदेवता खेल्दै कमला नदीमा पुगेर स्नान गर्ने चलन सदियौँदेखि रहिआएको र त्यसैले यसलाई भूत मेला भन्ने गरिएको बताइएको छ । आजको दिन नयाँ-नयाँ धामी-झाँक्री कमला स्नान गरेपछि तन्त्र विद्यामा निपूर्ण हुने मान्यता पनि रहेको छ । भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले नदीको शुद्धपानी आ-आफ्नो घर लैजाने गर्छन् । 

उक्त पानी पूजाअर्चना अथवा सुद्धि गर्न गङ्गाजलजस्तै पवित्र मानिन्छ । भूत मेला हेर्न सो नदी किनारमा हजारौँ सङ्ख्यामा श्रद्धालु भक्तजन सहभागी भएका छन् । 

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  १० : ४८ बजे

सुन्तलामा रोग लागेपिछ लेखबहादुर भन्छन् – कृषकलाई मौसमले ठग्दो रहेछ

दमौली– ‘पाँच वर्ष कतारमा काम गरेँ, त्यहाँ बस्दा सन्तुष्ट हुन

अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको स्तरोन्नतिकार्यलाई तीव्रता दिइएको छ

हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु

बागमती– बागमती प्रदेशको राजधानी रहेको हेटौँडाको मुख्य सडक विस्तारका लागि

मुढा बनाउने सीप सिक्दै दिक्तेलका महिला

खोटाङ– बेरोजगार रहेका स्थानीय महिलालाई लक्षित गरी दिक्तेल बजारमा मुढा

हायात क्यासिनोमा आगजनी र चोरीमा संलग्न दुई जना पक्राउ

काठमाडौं– काठमाडौंमा भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा हायात