प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा आठ जना पक्राउ « Khabarhub

प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा आठ जना पक्राउ


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– मरिण गाउँपालिका–७ ठाटी कमलेश्वर महादेब मन्दिरमा पूर्णिमाको अवसरमा परम्परागत बत्ती बाल्ने मेलामा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा आठ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही गाउँपालिका–७ बस्ने २९ वर्षीय सांगे लो लगायत छन् । उनीहरुलाई गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

मादक पदार्थ सेवन गरेका उनीहरूले डिउटीमा खटिएको प्रहरी टोलीमाथि अपशब्द प्रयोग गर्दै गाली गलौज गर्ने, प्रहरीको हतियार खोस्ने प्रयास लगायतका अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  १ : ४७ बजे

गगन नेतृत्वमा हुने अधिवेशनमा सहभागी नहुन शशांकको अपिल

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र विवाद

राष्ट्रिय सभामा निदाएको भिडियो भाइरल भएपछि महावीरले भने : म सुतुवा मन्त्री होइन

काठमाडौं – राष्ट्रिय सभाको बैठकमा निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल

होस्टलमा धारिलो हतियार प्रहारबाट प्यूठानका २२ वर्षीय युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौं – काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिटपछि धारिलो हतियार

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको