एमालेबाट निर्वाचित पूर्ववडाध्यक्ष कार्कीद्वारा पार्टी परित्याग « Khabarhub

एमालेबाट निर्वाचित पूर्ववडाध्यक्ष कार्कीद्वारा पार्टी परित्याग


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– आगामी ४ मङ्सिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा एमालेबाट २०७४ को स्थानीय निर्वाचनबाट निर्वाचित भएका पूर्ववडाध्यक्ष कुलबहादुर कार्कीले पार्टी परित्याग गरेका छन् । छथर गाउँपालिका-२ तेह्रथुममा एमालेबाट निर्वाचित पूर्ववडाध्यक्ष कार्कीले चुनावको मुखैमा पार्टी परित्याग गरेको विज्ञप्ति सार्वजनिक गर्दै घोषणा गरेका छन् ।

२०४६ सालदेखि एमालेमा आबद्ध भई विभिन्न जिम्मेवारी सम्हाल्दै छथर गाउँपालिका गाउँ कमिटीको सदस्य रहेका कार्कीले पछिल्लो समय नेतृत्वको गतिविधि मन नपरेकाले पार्टी परित्याग गरेको जनाएका छन् ।

उनले एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  १२ : २९ बजे

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा दुई जनाको मृत्यु

रास्वपालाई यी १९ जिल्लाको भर, समानुपातिकमा ठूलो भूगोल छुट्दा पहिलो दल हुनै मुस्किल

काठमाडौं– आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको

यस्तो छ, समानुपातिकको बन्द सूची

काठमाडौं– निर्वाचन आयोगमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको

युएई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनमा चीनद्वारा शोक व्यक्त 

एजेन्सी– बङ्गलादेशकी पूर्व प्रधानमन्त्री तथा बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) की