‘देशको समृद्धिका लागि पर्यटन विश्वविद्यालय आवश्यक’ « Khabarhub

‘देशको समृद्धिका लागि पर्यटन विश्वविद्यालय आवश्यक’


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री बलबहादुर केसीले देशको समृद्धिका लागि पर्यटन विश्वविद्यालयको अवधारणा ल्याएका छन् । 

सोलुखुम्बुबाट सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका उनले पर्यटनको क्षेत्रबाट नेपालले आर्थिक उन्नति गर्न सक्ने भन्दै पर्यटन विश्वविद्यालयको अवधारणा ल्याएका हुन् । 

सगरमाथासमेत रहेको सोलुखुम्बुको पर्यटनको क्षेत्रमा निकै काम गरेको बताउने उनले सोलुखुम्बुसहित समग्र देशकै समृद्धिका लागि पर्यटन विश्वविद्यालय, प्राविधिक शिक्षालय, एक घर एक रोजगारको अवधारणा ल्याएका हुन् । 

सगरमाथा जाने बनेको तल्लो बाटोले पर्यटन विकासको क्षेत्रमा छलाङ मारेको उनको भनाइ छ । चुनावी प्रचारप्रसारका क्रममा मतदातासँग उनले सोलुको पर्यटन क्षेत्रको विकासका लागि आफू सक्रिय रहँदै आएको र बाँकी काम गर्ने प्रतिबद्धता जनाए ।

यसैबीच,  ४० जनाभन्दा बढी एमालेका नेताहरु पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन् । जिल्ला कमिटी सदस्यसमेत रहेका माप्य दुधकोसी गाउँपालिका इन्चार्जसमेत रहेका पूर्व वडा अध्यक्ष नारायणकाजी कार्कीसहित ४० जनाभन्दा बढी एमाले नेता कांग्रेस प्रवेश गरेका हुन् । उनीहरुलाई पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार बलबहादुर केसीले स्वागत गर्दै कांग्रेसमा भित्र्याएका छन् । 

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  १ : ३४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै