युक्रेनको खेर्सन सहरबाट रुसले सेना फिर्ता गर्ने « Khabarhub

युक्रेनको खेर्सन सहरबाट रुसले सेना फिर्ता गर्ने


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुसले युक्रेनको प्रमुख सहर खेर्सनबाट सेना फिर्ता गर्ने भएको छ । रुसले आफ्नो नियन्त्रणमा रहेको उक्त सहरबाट आफ्ना सैनिकलाई फिर्ता हुन आदेश दिएको केबल न्युज नेटवर्क (सिएनएन) ले जनाएको छ ।

रक्षामन्त्री सर्गेई सोइगु र युक्रेनमा खटिएका रूसी सेनाका कमाण्डर जनरल सर्गेई सुरोभिकिनबीच मस्कोमा भएको बैठकपछि सेना फिर्तीको आदेश जारी भएको हो । आफ्नो पकड सुदृढ तुल्याउन युक्रेनी फौज दुई दिशाबाट अगाडि बढिरहेको बेला रूस पछि हटेको छ ।

युक्रेनी अधिकारीहरूले भने रूसी घोषणाप्रति आशङ्का व्यक्त गरेका छन् । रूसी सैनिकले खेर्सन छाड्ने कुनै सङ्केत नदेखाएको उनीहरूले बताएका छन् । युद्ध नलडी रूस खेर्सनबाट फिर्ता हुन्छ भन्ने युक्रेनीलाई नलागेको युक्रेनी राष्ट्रपति कार्यालयका सल्लाहकार मिखाइलो पोडोल्याकलाई उद्धृत गर्दै सिएनएनले बताएको छ ।

उत्तर एटलाण्टिक सन्धि सङ्गठन (नेटो) का महासचिव येन्स स्टोल्टनबर्गले रूसी निर्णयको स्वागत गर्दै युक्रेनी सशस्त्र सेनाको साहस र पश्चिमा राष्ट्रको निरन्तर सहयोगको परिणामस्वरूप सैन्य फिर्ती सम्भव भएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुस समस्यामा रहेको देखिने भन्दै रुसको उक्त निर्णयको आफूले पहिले नै अपेक्षा गरेको बताएका छन् । साथै उनले उक्त निर्णयबाट दुबै पक्षलाई आफ्नो अवस्थाको समीक्षा गर्न बल पुग्ने बताएका छन् ।

यसैबीच, करिब दश महिनादेखि जारी युक्रेन युद्धमा एक लाखभन्दा बढी रुसी सैनिक मारिएका तथा घाइते भएका अमेरिकी सेनाका एक जना वरिष्ठ अधिकारीले दाबी गरेका छन् । द इकोनोमिक क्लब अफ न्यूयोर्कमा आयोजित एक कार्यक्रममा जनरल मार्क मिलेले युक्रेनी पनि त्यति नै सङ्ख्यामा हताहत एवम् घाइते भएका बताए ।

युक्रेनमाथि रूसले गरेको आक्रमणलाई गम्भीर गल्ती भन्दै उनले त्यसको मूल्य वर्षौँ वर्षसम्म राष्ट्रहरूले चुकाउनुपर्ने उल्लेख गर्र्दै युद्धका कारण एक करोड ५० लाखदेखि तीन करोड शरणार्थी बनेका तथा त्यसक्रममा करिब ४० हजार नागरिकको ज्यान जाने गरी ठूलो मानवीय पीडा भोग्नुपरेको बताए ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ४ : १८ बजे

नेपालले दिएको २९० रनको लक्ष्य पछ्याएको यूएईको इनिङ संकटमा

काठमाडौं- नेपालले दिएको २ सय ९० रनको लक्ष्य पछ्याएको यूएईको

डोजर अभियानलाई जेन-जी मुभमेन्टले भन्यो- अमानवीय र जनविरोधी, प्रधानमन्त्री बालेनमाथि प्रश्न

काठमाडौं- जेन-जी मुभमेन्ट नेपालले सुकुम्बासी बस्ती हटाउने सरकारी अभियानप्रति कडा

फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु

कास्की– पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर आज एक बालकको

ट्राफिक नियम उल्लङ्घन भएमा लाइसेन्स र ब्लुबुक नखोजिने

काठमाडौं– के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रहरीलाई सवारी चालक अनुमति

उपत्यकामा बस्ने किराँत समुदायले मनाए साकेला उभौली पर्व 

काठमाडौं– किराँत समुदायको चाड उभौली सुरु भएको छ । आज