विश्व इतिहासमा आज : पहिलो जी २० सम्मेलनदेखि मरिन ९ यान अन्तरिक्षमासम्म « Khabarhub

विश्व इतिहासमा आज : पहिलो जी २० सम्मेलनदेखि मरिन ९ यान अन्तरिक्षमासम्म


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज १४ नोभेम्बर। प्रस्तुत छ आज दिन इतिहासमा भएका केही महत्त्वपूर्ण विश्व घटना :

मरिन ९ यान अन्तरिक्षमा 
सन् १९७१ को नोभेम्बर १४ अर्थात् आजकै दिन नासाको मरिनर ९ नामक अन्तरिक्ष यान अन्तरिक्षमा पुगेको १६७ दिनपछि मंगल ग्रहको कक्षमा प्रवेश गरेको थियो। मंगल ग्रहको कक्षभित्र अनुसन्धान गरी त्यहाँका तस्बिर पृथ्वीमा पठाउने उद्देश्यले सो यान अन्तरिक्षमा पुगेको थियो। तर, ग्रहमा अत्यधिक धुलोका कारण उक्त यानले केही साता मंगल ग्रहको तस्बिरहरू लिन असफल भएको थियो।

एपोलोको चन्द्र मिसन
सन् १९६९ मा नासाको मानवसहितको यान एपोलो–१२ को चन्द्र मिसन सुरु गरेको थियो। उक्त यान १९ नोभेम्बरमा चन्द्रमामा अवतरण गरेको थियो।

चाल्र्सको जन्म
सन् १९४८ मा बेलायतका नयाँ राजा चाल्र्सको जन्म भएको थियो। एलिजाबेथ द्वितीय र राजकुमार फिलिपको जेस्ठ सन्तानको रुपमा जन्मिएका चाल्र्स यसै वर्ष महारानीको निधनपछि बेलायतमा राजा घोषित भएका छन्।

पहिलो जी २० सम्मेलन
सन् २००८ मा अमेरिकाको वासिंगटन डिसीमा पहिलो जी २० आर्थिक सम्मेलन आयोजना भएको थियो।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ७ : १४ बजे

लियोनल मेस्सीले लिए अर्जेन्टिनाकाे राष्ट्रिय टोलीबाट संन्यास

काठमाडौं – अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेस्सीले अर्जेन्टिना राष्ट्रिय टोलीबाट

बाढीपीडितको राहत, उद्धार र पुनर्निर्माणका लागि एमालेद्वारा समिति गठन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रसुवाको भोटेकोशीमा आएको बाढीबाट

बुवालाई सम्झिँदै मेस्सीको भावुक पत्र, ‘अब फुटबल खेलिरहने हो कि होइन, गम्भीर शंका छ’

काठमाडौं – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट संन्यास

भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ जना अझै सम्पर्कविहीन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा

एनआरएनए र अन्तरराष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले विपद्को कठिन घडीमा गैरआवासीय नेपाली