विश्व इतिहासमा आज : पहिलो जी २० सम्मेलनदेखि मरिन ९ यान अन्तरिक्षमासम्म « Khabarhub

विश्व इतिहासमा आज : पहिलो जी २० सम्मेलनदेखि मरिन ९ यान अन्तरिक्षमासम्म


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज १४ नोभेम्बर। प्रस्तुत छ आज दिन इतिहासमा भएका केही महत्त्वपूर्ण विश्व घटना :

मरिन ९ यान अन्तरिक्षमा 
सन् १९७१ को नोभेम्बर १४ अर्थात् आजकै दिन नासाको मरिनर ९ नामक अन्तरिक्ष यान अन्तरिक्षमा पुगेको १६७ दिनपछि मंगल ग्रहको कक्षमा प्रवेश गरेको थियो। मंगल ग्रहको कक्षभित्र अनुसन्धान गरी त्यहाँका तस्बिर पृथ्वीमा पठाउने उद्देश्यले सो यान अन्तरिक्षमा पुगेको थियो। तर, ग्रहमा अत्यधिक धुलोका कारण उक्त यानले केही साता मंगल ग्रहको तस्बिरहरू लिन असफल भएको थियो।

एपोलोको चन्द्र मिसन
सन् १९६९ मा नासाको मानवसहितको यान एपोलो–१२ को चन्द्र मिसन सुरु गरेको थियो। उक्त यान १९ नोभेम्बरमा चन्द्रमामा अवतरण गरेको थियो।

चाल्र्सको जन्म
सन् १९४८ मा बेलायतका नयाँ राजा चाल्र्सको जन्म भएको थियो। एलिजाबेथ द्वितीय र राजकुमार फिलिपको जेस्ठ सन्तानको रुपमा जन्मिएका चाल्र्स यसै वर्ष महारानीको निधनपछि बेलायतमा राजा घोषित भएका छन्।

पहिलो जी २० सम्मेलन
सन् २००८ मा अमेरिकाको वासिंगटन डिसीमा पहिलो जी २० आर्थिक सम्मेलन आयोजना भएको थियो।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ७ : १४ बजे

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर