चार जिल्लाका बिरामीलाई डायलासिस उपचारमा सहज « Khabarhub

चार जिल्लाका बिरामीलाई डायलासिस उपचारमा सहज


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

तनहुँ– दमौली अस्पतालमा सञ्चालित डायलासिस उपचार केन्द्रबाट तनहुँसहित चार जिल्लाका बिरामीले डायलासिस सेवा पाएका छन् ।  तनहुँ सहित छिमेकी लमजुङ, गोरखा र कास्की का मिर्गौला पीडित बिरामीलाई डायलासिस गर्न सहज भएको छ । विसं २०७२ मङ्सिर २ गतेदेखि एक करोड २५ लाखको लागतमा दमौली अस्पतालमा पहिलो पटक डायलासिस सेवा सञ्चालनमा ल्याइएको हो । हाल डायलासिस केन्द्रमा ५७ जना बिरामी उपचाररत रहेको शाखा प्रमुख शैलेन्द्र पण्डितले जानकारी दिए ।

डायलासिस सेवा सञ्चालन भएदेखि हालसम्म दुई सय २८ जनाको ४२ हजार पाँच सय ८९ पटक डायलासिस गरिएको छ । अस्पतालमा ७० मिर्गौलाका बिरामी डायलासिस पालोको प्रतीक्षा रहेका छन् । गण्डकी प्रदेश सरकारले शत्रुघ्न मञ्जु डायलासिस उपचार केन्द्रलाई दुई वटा नयाँ डायलासिस मेसिन प्राप्त भएकाले बिरामीको उपचारमा सहज भएको छ ।

केन्द्रमा रहेका नौ वटा मेसिन र थप दुई मेसिनले दैनिक तीस जना बिरामीलाई सेवा दिन सकिनेछ । हाल दैनिक २० जनालाई डायलासिस सेवा प्रदान गर्दै आएको केन्द्रले जनाएको छ ।  गण्डकी प्रदेशभरिका डायलासिस सेवा प्रदान गर्नेहरूका लागि तालिम दिने केन्द्रका रुपमा विकास गर्न लागेको दमौली अस्पताल विकास समितिका अध्यक्ष देवेन्द्र थापाले जानकारी दिए ।

प्रदेश सरकारले अरु चार वटा नयाँ मेसिन थप्नेगरी प्रक्रिया अघि बढाएको छ । अध्यक्ष थापाले भने, ‘मङ्सिर महिनाभित्रमा दमौली अस्पताललाई ५० शय्याको अस्पताल बनाउने योजना रहेको छ ।’ हाल पन्ध्र शय्याको अस्पताल सञ्चालन गर्दै आए पनि प्रदेश सरकारले ५० शय्याको स्वीकृति दिइसकेको उनले बताए । अस्पतालसँगै रहेको कृषि ज्ञानकेन्द्र र भेटेरिनरी अस्पतालको गरी साढे तीन रोपनी जग्गा संघीय सरकारले उपलब्धका लागि स्वीकृति प्रदान गरिसकेको समितिले जनाएको छ । 

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  १२ : ४० बजे

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान