तीन किलो चरेससहित एक जना पक्राउ | Khabarhub Khabarhub

तीन किलो चरेससहित एक जना पक्राउ


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

धनगढी– कञ्चनपुरमा ३ किलो चरेससहित एक जना समातिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको हो । 

कृष्णपुर नगरपालिका वडा नम्बर २ बाणीस्थित पैदल हिँड्दै गरेका दार्चुला महाकाली नगरपालीका वडा नम्बर-९ दत्तलेक बस्ने ४१ वर्षीय नैनसिंह बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

उनको साथबाट ३ किलो २९६ ग्राम चरेस फेला परेको प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ७ : २९ बजे

स्वास्थ्य क्षेत्रका कार्यक्रम र बजेटमा दोहोरोपना हटाउनुपर्नेमा जोड

पाटन – स्वास्थ्य सेवाका क्षेत्रमा सङ्घ, प्रदेश र स्थानीय तहले

डोल्पो समाज गुम्वामा शान्ति पूजाको आयोजना

काठमाडौं– विश्वशान्ति र मानवकल्याणहेतु काठमाडौंको डोल्पो समाज गुम्वामा शान्ति पूजाको

त्रिविको जग्गा फिर्ता ल्याउने प्रक्रियामा प्रधानमन्त्रीद्वारा प्रगति माग

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले अपचलनमा परेको त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता

ओखलढुङ्गाको स्वर्णान्तराल आधारभूत विद्यालय भवन शिलान्यास

ओखलढुङ्गा-ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ स्थित स्वर्णान्तराल आधारभूत विद्यालय, टोक्सेलको नयाँ विद्यालय

प्रधानमन्त्रीले मागिन् वायु सेवा निगममा महाप्रबन्धक नियुक्ति प्रक्रियाबारे जानकारी

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा खुला प्रतिस्पर्धाबाट