पर्यटन प्रवर्द्धनको रणनीतिक कार्ययोजना बनाउँदै बोर्ड « Khabarhub

पर्यटन प्रवर्द्धनको रणनीतिक कार्ययोजना बनाउँदै बोर्ड


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आन्तरिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डले रणनीतिक कार्ययोजना निर्माण गर्ने तयारी गरेको छ । बोर्डअन्तर्गत जीविकोपार्जन पुनःउत्थानका लागि दीगो पर्यटन परियोजना (एसटीएलआरपी) ले पर्यटन प्रवर्द्धनको योजना निमार्णका लागिे विज्ञ सरोकारवालासँग छलछफल समेत सुरु गरेको छ ।

सोमबार एक विज्ञप्ती जारी गर्दै बोर्डले तयारी स्वरुप विभिन्न प्रादेशिक मन्त्रालय, नगरपालिका तथा पर्यटनसँग सम्बन्धित निकायबीच कार्यशाला आयोजना गरेको जनाएको छ । उक्त कार्यक्रममा आन्तरिक पर्यटनको वर्तमान स्थिति, प्रवर्द्धनमा बाधा पुर्‍याउने विद्यमान नीतिभित्रका अन्तरहरूको अन्वेषण र विश्लेषण गरिएको थियो ।

साथै आन्तरिक पर्यटन प्रवद्र्धनका लागि नीतिगत सुधार, तीन तहका सरकारको भूमिका र दायित्व आदि विषयवस्तुमा गहन छलफल गरी आन्तरिक पर्यटन रणनीतिक कार्ययोजना निर्माण गरिने विज्ञप्तीमा उल्लेख छ । जस अनुसार पहिलो चरणमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पर्यटन मन्त्रालय, नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स , होटल एशोसिएशन नेपाल तथा विभिन्न नगरपालिका र पर्यटनसँग सम्बन्धित अन्य सरोकारवाला सस्थासँग मिलेर कार्ययोजना तयार गर्न लागिएको छ।

 

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ९ : ०६ बजे

तिङ्कर सडकको दुम्लिङसम्म गाडी पुग्यो

दार्चुला : दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन

‘विधिबाट स्थापित पद्धति र परम्परा पालनामा तलमाथि भए मानव समाज भयभीत हुन थाल्छ’

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले कानुन दोषीका निम्ति भय र

जनकपुरमा स्वास्थ्यमन्त्रीको पुतला दहन

काठमाडौं । नेपाल सरकारले स्वास्थ्य सेवातर्फ थप गरेको नयाँ दरबन्दीमा

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा सैनिक कारबाहीमा ५० जिहादी लडाकुको मृत्यु

एजेन्सी– नाइजेरियाको सेनाले लामो समयदेखि इस्लामिक विद्रोह चलिरहेको नाइजेरियाको उत्तरपूर्वी