सीसँगको भेटवार्तापछि बाइडेन भन्छन्, चीनसँग ‘नयाँ शीतयुद्ध’ हुँदैन् « Khabarhub

सीसँगको भेटवार्तापछि बाइडेन भन्छन्, चीनसँग ‘नयाँ शीतयुद्ध’ हुँदैन्


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बाली – अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी चिनफिङ सँगको शान्तिपूर्ण भेटपछि चीनसँग ‘नयाँ शीतयुद्ध’ नहुने वाचा गरेका छन्। उनले चीनले ताइवानमाथि आक्रमण गर्नेमा आफूलाई विश्वास नभएको पनि बताए।

बाइडेनले पदभार ग्रहण गरेपछि दुई महाशक्ति नेताहरू बीचको यो पहिलो व्यक्तिगत भेट थियो। इन्डोनेसियाको टापुमा भएको जी २० शिखर सम्मेलनको एक दिनअघि बालीमा भएको वार्तामा दुवैले उत्तर कोरिया र रुसले युक्रेनमाथि गरेको आक्रमणबारे पनि छलफल गरेका थिए।

सीको आगमन लगत्तै एक सुविधा सम्पन्न होटलमा भएको तीन घण्टा लामो भेटमा नेताहरूले ताइवानलगायत विभिन्न विषयमा छलफल गरेका थिए। बेइजिङद्वारा दावी गरिएको स्वशासित टापुले अमेरिकालाई सहयोगी मान्छ र र यो सधैं अमेरिका–चीन सम्बन्धमा एउटा महत्वपूर्ण मुद्दा भएको छ।

अगस्टमा अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गर्दा तनाव बढेको थियो। चीनले यस टापुको वरिपरि ठूलो मात्रामा सैन्य अभ्यास गरेको थियो, जसका कारण अमेरिका र चीनबीच सम्भावित द्वन्द्वको डर बढाएको थियो।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ८ : ०२ बजे

अमेरिकाले विश्वव्यापी भिसा समय रोकेको रिपोर्ट

वासिङ्टन– राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले आप्रवासनसम्बन्धी छानविन कडा

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को सचिवालय बैठक बस्ने

प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षित हुन्छन् : प्रहरी महानिरीक्षक कार्की

बागलुङ– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सुरक्षित भएमा मात्रै

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको पर्खाइमा

रसुवाबाट १३ घाइतेको उद्धार, उपचारका लागि काठमाडौं ल्याइयो (नामावलीसहित)

काठमाडौं– रसुवाबाट १३ घाइतेको उद्धार भएको छ । उनीहरुलाई उपचारका लागि